शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • जनता मावि दग्नाममा चन्दादाताको सहयोगमा एआईयुक्त स्मार्ट बोर्ड जडान
जनता मावि दग्नाममा चन्दादाताको सहयोगमा एआईयुक्त स्मार्ट बोर्ड जडान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ ९, २०८२
Dagnam Darmija Samaj Beni
दग्नाम, ९ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माध्यमिक विद्यालयमा देश तथा विदेशमा रहेका चन्दादाताहरूको सहयोगमा आधुनिक प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ करिब रु १ लाख ९० हजार लागतमा ७५ इन्चको एआईयुक्त स्मार्ट बोर्ड खरिद गरी विद्यालयमा स्थापना गरिएको हो । स्मार्ट बोर्डको विधिवत् रूपमा उद्घाटन शुक्रबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच स्वरस्ती पूजाको अवसर पारेर स्थानीय १०२ वर्षीया ज्येष्ठ नागरिक नन्दकली गर्बुजाले गर्नुभएको थियो । पुस्तान्तरण र शिक्षाप्रतिको सम्मान झल्किने उक्त कार्यक्रम विद्यालयका लागि ऐतिहासिक र प्रेरणादायी बनेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जित बहादुर गर्बुजाका अनुसार शिक्षाप्रेमी, अभिभावक, पूर्वविद्यार्थी तथा विभिन्न सहयोगी दाताहरूको आर्थिक सहयोगमा जडान गरिएको उक्त स्मार्ट बोर्डको प्रयोगबाट विद्यार्थीहरूलाई डिजिटल माध्यममार्फत पाठ्य सामग्री, भिडियो, चित्र तथा प्रस्तुतीकरण देखाएर पढाउन सहज हुने अपेक्षा गरिएको छ । स्मार्ट बोर्ड जडानका लागि सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियानअन्तर्गत हालसम्म रु तिन लाख ४८ हजार ३२० संकलन भइसकेको विद्यालयका प्रधानाध्यापक गुन बहादुर पुनले बताउनुभयो । अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने र प्राप्त सहयोग विद्यालयको दीर्घकालीन शैक्षिक विकास, भौतिक पूर्वाधार तथा प्रविधिमैत्री शिक्षामा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । प्रअ पुनले आगामी दिनमा कक्षा ८, ९, १० तथा बालकक्षामा समेत स्मार्ट बोर्ड र स्मार्ट टिभी जडान गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । यसले विद्यालयलाई डिजिटल शिक्षातर्फ अग्रसर गराउँदै ग्रामीण क्षेत्रमै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । उक्त कार्यक्रमकै अवसरमा स्थानीय दग्नाम घर भई हाल अष्ट्रेलियामा रहनुभएका भविन्द्र पुनले विपन्न परिवारकी १०२ वर्षीया ज्येष्ठ नागरिक नन्दकली गर्बुजालाई रु पाँच हजार, साथै ओप प्रसाद गर्बुजा, गोपाल गर्बुजा र मनप्रसाद गर्बुजालाई जनही रु दुई हजार पाँच सय का दरले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । त्यसैगरी जनता माध्यमिक विद्यालयमा अध्ययनरत उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू जोयल गर्बुजा, आरोषी गर्बुजा, बेविका गर्बुजा, युना पुन र जिया गर्बुजालाई जनही रु १ हजार का दरले नगद पुरस्कार प्रदान गरी प्रोत्साहन गरिएको थियो । विद्यालय प्रशासनले सहयोग गर्ने सम्पूर्ण दाताप्रति सम्मानपत्र सहित हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि आर्थिक, भौतिक तथा सुझाव–सल्लाहमार्फत सहयोग गर्न सबैमा आग्रह गरेको छ । समुदाय, चन्दादाता र विद्यालयबीचको सहकार्यले ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय र आधुनिक शिक्षा सम्भव हुने सकारात्मक सन्देश जनता माध्यमिक विद्यालय दग्नामले दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १९:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP