शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा नयाँ कुष्ठरोगीको पहिचान, सामाजिक डरले अझै पनि रोग लुकाउने प्रवृत्ति
म्याग्दीमा नयाँ कुष्ठरोगीको पहिचान, सामाजिक डरले अझै पनि रोग लुकाउने प्रवृत्ति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ ११, २०८२
IMG_1865.JPG
बेनी, ११ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा एक जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भए पनि समाजमा रहेको डर, विभेद र लाञ्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको प्रदेश सनस्थ्य कार्यलय म्याग्दीले जनाएको छ । आइतबार ७३औँ कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कुष्ठरोग सम्बन्धी पत्रकार तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उपचारपछि निको भएका बिरामीलाई समेत समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको जनाइएको छ । बिरामीले रोग लुकाउने, लुकिछिपी बस्ने र खुलेर उपचारमा आउन नचाहने अवस्था अझै कायम रहेको छ । जनस्वास्थ्य कार्यालय म्याग्दीका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीका अनुसार हाल जिल्लामा नियमित रूपमा औषधि सेवन गरिरहेका तीन जना पुराना बिरामी छन् । पछिल्लो पाँच वर्षमा आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी पाँच जना र २०८१/०८२ मा चार जना कुष्ठरोगीको पहिचान भएको थियो । “नयाँ बिरामीको अवस्था सामान्य छ, तर समाजमा अझै पनि कुष्ठरोग लुकाउने गलत मानसिकता हट्न सकेको छैन,” सुवेदीले बताउनुभयो । नयाँ बिरामी मालिका गाउँपालिकाका रहेका छन् र उनी दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार लिइरहेका छन् भने पर्वत जिल्लाका दुई जना पुराना बिरामीले बेनी अस्पतालबाट औषधि लिइरहेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार १० हजार जनसंख्यामा एक जनामा कुष्ठरोग देखिने अनुमान गरिएको छ । जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जिल्लामा बिरामीको संख्या कम भए पनि समयमै पहिचान, उपचार र बिरामीप्रति सम्मानजनक व्यवहार गर्न समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कुष्ठरोग प्रत्यक्ष उपचार नगरेसम्म पूर्ण रूपमा निको नहुने भएकाले स्वास्थ्य संस्थाको सम्पर्कमा आउन सबैलाई आग्रह गर्नुभयो । बेनी अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाका अनुसार कतिपयले कुष्ठरोगलाई सामाजिक बहिष्कारको कारण वा वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या देखिएको छ । माइकोब्याक्टेरियम लेप्रे नामक जीवाणुबाट सर्ने यो रोगको उपचार निःशुल्क रूपमा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले ग्रामीण क्षेत्रमा कुष्ठरोग सम्बन्धी प्रचार–प्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । कुष्ठरोगका लक्षणमा छालामा रातो वा फुस्रो दाग देखिनु, अनुहारको छाला बाक्लिनु, गिर्खा आउनु, स्नायुमा असर परेर हातखुट्टामा छुँदा थाहा नपाउनु तथा मांसपेशी कमजोर हुनु लगायतका समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिएमा लाज नमानी तत्काल नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।  
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १३:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP