शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी जेसीजद्वारा प्रतिनिधि सभा उम्मेदवारसँग सार्वजनिक बहस हुने
म्याग्दी जेसीजद्वारा प्रतिनिधि सभा उम्मेदवारसँग सार्वजनिक बहस हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ १२, २०८२
Myagdi Jesis
बेनी, १२ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दी जिल्लामा उम्मेदवारहरूसँग सार्वजनिक बहस आयोजना गरिने भएको छ । म्याग्दी जेसीजको आयोजनामा माघ १६ गते सदरमुकाम बेनीमा प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सञ्चालन गर्न लागिएको हो । निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई उम्मेदवारहरूको विचार, योजना, प्रतिबद्धता तथा विकाससम्बन्धी धारणा प्रत्यक्ष रूपमा बुझ्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको म्याग्दी जेसीजले जनाएको छ । कार्यक्रममार्फत उम्मेदवारहरूले आफ्नो राजनीतिक दृष्टिकोण, जिल्लाको समग्र विकासका योजना तथा भावी कार्यदिशाबारे प्रस्तुत गर्नेछन् भने सहभागीहरूले सोधेका प्रश्नको प्रत्यक्ष उत्तर पनि उम्मेदवारहरूले नै दिने व्यवस्था मिलाइएको छ । म्याग्दी जेसीजका अध्यक्ष दिनेश कुमार विश्वकर्माले सार्वजनिक बहस लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने माध्यम भएको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीबाट प्रतिनिधि सभा सदस्य पदका लागि हालसम्म १ जना स्वतन्त्रसहित ११ जना विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको उम्मेदवारी कायम रहेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा सामाजिक अभियन्ता महावीर पुन चुनावी मैदानमा रहनुभएको छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका युवराज रोकाले आफ्नो उम्मेदवारी कायम रहेपनि स्वतन्त्र उम्मेदवार महावीर पुनलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ । राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट क्षेत्रबहादुर घिमिरे (ध्रुव), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, श्रम संस्कृति पार्टीबाट विनोद राना, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विश्वकमा, मंगोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा नेशनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा, स्वतन्त्रबाट नविन जिसी, उम्मेदवार रहनुभएको छ । कार्यक्रमले उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्दै निर्वाचनलाई थप पारदर्शी, जिम्मेवार र जनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  २२:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP