शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • १४औँ बेनी बोर्डिङ कप २०८२ सुरु
१४औँ बेनी बोर्डिङ कप २०८२ सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ १३, २०८२
15

बेनी, १३ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ औपचारिक रूपमा सुरु भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विद्यालयस्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताले लुकेका खेल प्रतिभाको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा विद्यालयस्तरका खेलाडीहरूलाई उचित अवसर दिलाउन जिल्ला खेलकुद विकास समिति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा टेवा पुग्ने बताउँदै स्थानीय तहबाट खेलकुद प्रवर्द्धनमा निरन्तर सहयोग रहने धारणा राख्नुभयो । त्यसैगरी जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय म्याग्दीमा फुटबल प्रतियोगितामार्फत खेलाडीहरूको स्तर र नतिजामा उल्लेखनीय सुधार हुँदै गएको बताउनुभयो ।

सोही अवसरमा शिक्षक–अभिभावक संघका अध्यक्ष विक्रम बोगटीले विद्यालयस्तरमा नियमित खेलकुद गतिविधि सञ्चालन हुनुले विद्यार्थीहरूलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर–आधारभूत तह (कक्षा १ देखि ८ सम्म) का विद्यार्थीहरू सहभागी हुन पाउने यस प्रतियोगितामा जिल्लाका १७ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितात्मक खेलहरू बुधबारदेखि बेनीको खुला मञ्चमा सञ्चालन हुने विद्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ३५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमले २० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँको अध्यक्षता, विद्यालयका प्रिन्सिपल हरिकृष्ण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक विशाल खत्रीले गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २२:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP