शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • राहुघाट जलविद्युत आयोजनामा सुरक्षा गार्डको हत्या, संलग्न पक्राउ
राहुघाट जलविद्युत आयोजनामा सुरक्षा गार्डको हत्या, संलग्न पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २१, २०८२
WhatsApp Image 2026-02-03 at 9.27.47 PM
म्याग्दी, २० माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत एक सुरक्षा गार्डको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १५ गते भारतीय जेपी एसोसियर्टस कम्पनीले निर्माण गरिरहेको विद्युतगृहको भुँइतलामा सोही कम्पनीमा कार्यरत इलामको माई नगरपालिका–९ घर भएका ५५ बर्षका भिष्म पौडेल मृत अवस्थामा फेला परेका थिए । टाउकोमा गम्भिर चोट लागेको अवस्थामा शब फेला परेपछि घटना संकास्पद भएकोले अनुसंधान गर्दा सोही कम्पनीमा कार्यरत म्याग्दीको मंगला गाउँपालिका–२ हिदीका २९ बर्षिय भिमप्रसाद किसानको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले घटनामा पत्ता लागेका तथ्यहरु सार्वजनिक गरेको छ । माघ १४ गते रातको समयमा निर्माणधिन जलविद्युत आयोजनाबाट वेल्डिङ मेशिन र तामाका तारहरु चोरी गरी बिक्रि गरेको र सुरक्षा गार्ड पौडेलले उक्त कुरा कम्पनीलाई जानकारी गराइदिने बताएपछि भएको विवादमा किसानले टाउकोमा दाउरा प्रहार गरी गम्भिर घाईते बनाई विद्युतगृहको दोस्रो तलामा रहेको प्वालबाट भुईतलामा खसालेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार, घटना संकास्पद देखिएपछि प्रदेश अस्पताल बेनीबाट विशेषज्ञ चिकित्सक र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ टोली झिकाएर विविध कोणबाट शुक्ष्म रुपमा घटनाको अनुसंधान गरिएको थियो । अनुसंधानको क्रममा उक्त घटना हुँदाको समयमा कम्पनीबाट सामान चोरी गर्ने कार्यमा संलग्न भएका पाँच जनालाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका–३ तिल्किनीका गमबहादुर शेन्चुरी, सोही वडाको पिप्लेका गिरीबहादुर मल्ल, रुपन्देहीको देवदह नगरपालिका–९ का तुलबहादुर गुरुङ, पर्वतको जलजला गाउँपालिका–३ पारिवेनी बस्ने बिज्ञान राज शर्मा र बेनी नगरपालिका–९ का शिब पुरी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाईएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।  
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०६:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP