शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ९ सय २३ किशोरीलाई एचपीभी खोप लगाइने
म्याग्दीमा ९ सय २३ किशोरीलाई एचपीभी खोप लगाइने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २५, २०८२
IMG_E2157
बेनी, २५ माघ । म्याग्दीमा पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लक्षित गर्दै ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालन गरिने भएको छ । आइतबार जिल्लाका सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जिल्लाका ९ सय २३ जना किशोरीलाई खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाका ४५ वटै वडामा रहेका १ सय ५ वटा विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर पुगेका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो । यसका साथै गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि अभियानमा समेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । प्रमुख ठकुराठीले एचपीभी खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेकाले अभिभावक तथा किशोरीहरूलाई निर्धक्क भई खोप लगाउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप दिइने व्यवस्था मिलाइएको छ । खोप अभियानअन्तर्गत बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा माघ २७ गते, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा माघ २८ गते तथा रघुगंगा गाउँपालिकामा फागुन ४ र ५ गते खोप कार्यक्रम सञ्चालन गरिने कार्यतालिका तय गरिएको छ । लक्षित संख्याअनुसार बेनी नगरपालिकामा ३ सय ५१ जना, मंगला गाउँपालिकामा १ सय १८ जना, मालिका गाउँपालिकामा १ सय ८७ जना, धवलागिरी गाउँपालिकामा १ सय ५७ जना, रघुगंगा गाउँपालिकामा १ सय १ जना र अन्नपूर्ण गाउँपालिकामा ७४ जना छात्रालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यस्तै, विद्यालय नजाने १० वर्ष उमेरका ६ जना र गत वर्ष खोप लगाउन छुट भएका ४ जना किशोरीलाई समेत खोप दिइनेछ । अभियानलाई प्रभावकारी बनाउन १ सय ७ जना स्वास्थ्यकर्मी र १ सय ७ जना स्वयंसेवक परिचालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियानमार्फत भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १४:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP