शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त
म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २७, २०८२
Beni Bazzar
म्याग्दीमा, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दी जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त देखिएका छन् । नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो अभियानमा सहभागी हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–२, ३ र ४ अन्तर्गत पर्ने नारच्याङका विभिन्न बस्तीमा पुग्नुभएका भण्डारीलाई स्थानीय मतदाताले फुलमाला लगाएर स्वागत गर्नुका साथै आफ्ना समस्या, सुझाव र अपेक्षाहरू राखेका छन् । घरदैलोका क्रममा भण्डारीले स्थानीय बासिन्दाका दुःख–पीडा सुन्दै आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । उहाँले जलविद्युत् विकास, पर्यटन प्रवर्द्धन, सडक पूर्वाधार विस्तार तथा स्थानीयस्तरमा उत्पादन हुने कृषिलाई आधुनिक प्रविधिसँग जोडेर विकास गर्ने विषयलाई आफ्नो प्रमुख एजेण्डाका रूपमा अघि सार्नुभएको छ । प्रविधि र केन्द्रीय राजनीतिमा राम्रो ज्ञान र अनुभव भएका भण्डारी यसपटक स्पष्ट रणनीतिका साथ संसद प्रवेश गर्ने लक्ष्य लिएर मैदानमा उत्रिएको बताउँदै घरदैलो अभियानलाई प्रभावकारी बनाइरहनुभएको छ । यता नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ पनि मालिका गाउँपालिका–२ रुम क्षेत्रमा घरदैलो अभियानमा सक्रिय रहनुभएको छ । उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराइरहनुभएको छ । त्यसैगरी नेकपाका उम्मेदवारहरू पनि मालिका गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो गर्दै मतदाताको समर्थन जुटाउने प्रयासमा छन् । यसैबीच, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा रहनुभएका महावीर पुनले आफ्नो जन्मगाउँ नागी र राम्चेमा अन्तिम चरणको घरदैलो अभियान सम्पन्न गर्नुभएको छ । घरदैलो सकेपछि पुन दोस्रो चरणको प्रचार अभियान सुरु हुनुअघि नै म्याग्दीबाट पोखरा प्रस्थान गर्नुभएको छ । पोखरामा रहँदा पुनले त्यहाँ बसोबास गरिरहेका म्याग्देलीहरूसँग भेटघाट, अन्तरसंवाद तथा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । म्याग्दीको विकास, प्रविधि, शिक्षा र रोजगारीका विषयमा आफ्नो धारणा राख्दै पुनले शहरमा रहेका म्याग्देली मतदातालाई पनि जोड्ने प्रयास गरिरहनुभएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा उम्मेदवारहरूका घरदैलो, भेटघाट र प्रचारप्रसार कार्यक्रमले चुनावी माहोल थप तातिँदै गएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०९:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP