शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीका १० पसलमा अनुगमन, म्याद गुज्रिएका सामग्री बरामद
बेनीका १० पसलमा अनुगमन, म्याद गुज्रिएका सामग्री बरामद
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २८, २०८२
aaaaa
बेनी, २८ माघ । म्याग्दीको बेनी बजारका खाद्यान्न तथा किराना पसलहरूको मंगलबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाइमा बिरेन्द्रचोक आसपासका क्षेत्रका १० वटा किराना तथा खाद्यान्न पसलहरूको अनुगमन गरिएको हो । अनुगमन टोलीले पसलहरूमा बिक्रीका लागि राखिएका खाद्यान्न, बिस्कुट, प्याकेटबन्द नास्ता, पेय पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरूको म्याद, मूल्यसूची र दर्ता सम्बन्धी कागजातहरूको निरीक्षण गरेको थियो । बजारमा उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित वस्तु उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनका क्रममा केही पसलमा म्याद नाघेका वस्तु फेला परेका थिए । टोलीका अनुसार करिब दुई हजार पाँच सय रुपैयाँ बराबरका म्याद नाघेका विभिन्न खाद्यान्न सामग्री जफत गरी नष्ट गर्न लगाइएको छ । जफत गरिएका वस्तुहरूमा प्याकेटबन्द चाउचाउ, बिस्कुट लगायतका सामग्री रहेका थिए । म्याद गुज्रिएका वस्तुहरू बिक्रीका लागि राखिएको पाइएपछि सम्बन्धित व्यवसायीलाई सचेत गराउँदै आगामी दिनमा यस्ता त्रुटि दोहोरिए कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको थियो । अनुगमनका क्रममा केही पसलमा मूल्यसूची अद्यावधिक नगरी राखिएको तथा केही स्थानमा व्यवसाय दर्ता प्रमाणपत्र स्पष्ट रूपमा प्रदर्शन नगरिएको पाइएको टोलीले जनाएको छ । व्यवसायीहरूलाई अनिवार्य रूपमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न, मूल्यसूची अद्यावधिक गरी ग्राहकले सजिलै देख्ने स्थानमा टाँस्न, म्याद नाघेका वस्तु छुट्टै राखी तुरुन्तै आपूर्तिकर्तालाई फिर्ता पठाउन निर्देशन दिइएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न सामग्रीमा विशेष सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गरेको छ । साथै, बजार अनुगमनलाई नियमित रूपमा निरन्तरता दिइने र उपभोक्ता अधिकार संरक्षणका लागि कडाइका साथ निगरानी गरिने प्रशासनले जनाएको छ । प्रशासनले उपभोक्तालाई म्याद र मूल्य जाँच गरेर मात्र सामान खरिद गर्न आग्रह गर्दै कुनै अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन अनरोध गरेको छ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ०८:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP