शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लखन थापा मगरको १४९औँ स्मृति दिवसमा अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिता हुँदै
लखन थापा मगरको १४९औँ स्मृति दिवसमा अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिता हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ २९, २०८२
WhatsApp Image 2026-02-12 at 6.43.54 PM
बेनी, २९ माघ । नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४९औँ स्मृति दिवसको अवसर पारेर बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा तथा नेपाल मगर संघ जिल्ला कार्यसमिति म्याग्दीको समन्वयमा उक्त प्रतियोगिता आगामी फागुन २ गते बिहान १० बजेदेखि बेनी नगरपालिका–८ स्थित मगर संघको सभाहलमा सञ्चालन गरिने भएको हो । नेपाल मगर विद्यार्थी संघ म्याग्दीका सचिव साजन पुन मगरका अनुसार जिल्लाभित्रका एक नगरपालिका र पाँच गाउँपालिकामा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूमा लुकेर रहेका कला, प्रतिभा र सिर्जनशील क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई आफ्नो मौलिक संस्कृति, भेषभूषा, भाषा र परम्परागत लोकनृत्यप्रति अभिरुचि जगाउने र पहिचानप्रति गर्व गर्ने वातावरण सिर्जना गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको सचिव पुनले बताउनुभयो । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन् । सहभागीहरूले लोकसंस्कृतिमा आधारित गीतमा समूहगत नृत्य प्रस्तुति दिनुपर्नेछ भने प्रस्तुति समय अधिकतम ६ मिनेट तोकिएको छ । प्रतियोगितामा समूहगत सहभागिता अनिवार्य गरिएको आयोजकले जनाएको छ । प्रस्तुतीकरणमा मौलिक भेषभूषा, नृत्यकला, तालमेल, सन्देश र समग्र प्रभावकारितालाई आधार मानेर निर्णायक मण्डलले मूल्याङ्कन गर्ने तयारी गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थी समूहलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रथम हुने समूहलाई नगद रु. १५,०००, ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु. १०,००० र प्रमाणपत्र, तृतीयलाई नगद रु. ७,००० र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै सान्त्वना पुरस्कारस्वरूप नगद रु. २,००० र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । नाम दर्ताको अन्तिम मिति फागुन १ गते बेलुका ५ बजेसम्म तोकिएको छ भने दर्ता शुल्क रु. १,००० निर्धारण गरिएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले हरेक वर्ष क्याप्टेन लखन थापा मगरको स्मृतिमा दीप प्रज्वलन कार्यक्रमसहित विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । क्याप्टेन लखन थापा मगरलाई नेपालको प्रथम शहीदका रूपमा सम्मान गरिन्छ । राणा शासनविरुद्ध विद्रोह गरेको अभियोगमा उहाँलाई वि.सं. १९३३ फागुन २ गते मृत्युदण्ड दिइएको थियो । नेपाल सरकारले लखन थापा मगरलाई वि.सं. २०७२ असोज ३ गते नेपालको प्रथम सहिद घोषणा गरेको थियो । उहाँको योगदानलाई स्मरण गर्दै देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएको छ । म्याग्दीमा भने विद्यार्थी लक्षित सांस्कृतिक कार्यक्रममार्फत उहाँको स्मृतिलाई जीवित राख्ने प्रयास गरिएको आयोजकले जनाएको छ । यसैबीच, फागुन १५ गते मनाइने मगर एकता दिवसको अवसरमा पनि नेपाल मगर संघ म्याग्दीले विविध सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १९:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP