शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिता प्रकाश मावि प्रथम
अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिता प्रकाश मावि प्रथम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन २, २०८२
IMG_3362
बेनी, २ फागुन । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीद्वारा शनिबार आयोजना गरिएको अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगर को १४९औँ स्मृति दिवसको अवसर पारेर आयोजित उक्त प्रतियोगितामा जिल्लाभित्रका विभिन्न विद्यालयका पाँच समूहले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयले मौलिक मगर तथा नेपाली लोकसंस्कृतिमा आधारित आकर्षक समूहगत नृत्य प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको हो । मौलिक भेषभूषा, सांस्कृतिक प्रस्तुति, तालमेल, नृत्यकला, सन्देश तथा समग्र प्रभावकारिताका आधारमा निर्णायक मण्डलले मूल्याङ्कन गरेको थियो । दोस्रो स्थान न्यु वेष्टपइन्ट आवासीय मावि ले प्राप्त गरेको छ भने तेस्रो स्थान सामुदायिक माध्यमिक विद्यालयले हात पारेको छ । त्यसैगरी जनजाकृती माध्यमिक विद्यालय र लिटेल गार्डेन एकेडेमी लाई सान्त्वना स्थान प्रदान गरिएको निर्णायक मण्डलका संयोजक डिके चोचाङ्गी मगरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. १५,००० सहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु. १०,००० र प्रमाणपत्र, तृतीयलाई नगद रु. ७,००० र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त समूहलाई नगद रु. २,००० र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ गण्डकी प्रदेश कार्यसमिति सदस्य हिराबहादुर पुन मगरले विद्यालय तहदेखि नै विद्यार्थीहरूमा आफ्नै मौलिक संस्कृति, भाषा, भेषभूषा र परम्परागत लोकनृत्यप्रति गर्व गर्ने वातावरण सिर्जना गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले शहीदहरूले देखाएको त्याग, आत्मबल र राष्ट्रनिष्ठा आजको पुस्ताले आत्मसात् गर्न सके मात्र सशक्त र सचेत समाज निर्माण सम्भव हुने उल्लेख गर्नुभयो । वि.सं. १९३३ फागुन २ गते राणा शासनविरुद्ध विद्रोह गरेको अभियोगमा मृत्युदण्ड दिइएका क्याप्टेन लखन थापा मगरलाई नेपाल सरकारले वि.सं. २०७२ असोज ३ गते औपचारिक रुपमा नेपालको प्रथम शहीद घोषणा गरेको थियो । उहाँको योगदानको स्मरण गर्दै हरेक वर्ष विविध रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको संघले जनाएको छ । कार्यक्रममा नेपाल मगर संघकी केन्द्रीय सदस्य बालकुमारी पुन मगर, नेपाल मगर संघ म्याग्दी अध्यक्ष खमबहादुर थापा मगर, सदस्य देव राना मागर मगर, मगर संघ मालिका अध्यक्ष ओमबहादुर रोका मगर, नेपाल मगर विद्यार्थी संघ बागलुङका सचिव प्रदिप थापा मगर, सदस्य मिक्सन श्रीस मगर तथा नेपाल जनजाति पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष विनोद पुर्जा लगायतको उपस्थिति रहेको थियो । आयोजकका अनुसार, यस प्रतियोगितामार्फत शहीद लखन थापा मगरको योगदानको स्मरण गर्नुका साथै विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने, मौलिक कला संरक्षण गर्ने र नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति सचेत बनाउने लक्ष्य रहेको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष भरत अर्मजा मगरको अध्यक्षता, सचिवालय सदस्य आइस्ना सेरपुजा मगरको स्वागत मन्तव्य तथा संघका सचिव साजन पुन मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहभागी समूहहरूले मगर समुदायका पारम्परिक नृत्यसँगै अन्य नेपाली लोकसंस्कृतिमा आधारित गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए, जसले दर्शकहरूको मन जित्न सफल भएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २०:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP