शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • महाशिवरात्रीमा गलेश्वर मन्दिरमा ४ लाख ७० हजार बढी भेटी संकलन
महाशिवरात्रीमा गलेश्वर मन्दिरमा ४ लाख ७० हजार बढी भेटी संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन ४, २०८२
sDAVfBWP
गलेश्वर, ४ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा महाशिवरात्री पर्वको अवसरमा ४ लाख ७० हजार ९१६ रुपैयाँ भेटी संकलन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले सोमबार सार्वजनिक रूपमा भेटी गणना गरी उक्त विवरण सार्वजनिक गरेको कोषका कार्यलय सचिव तेजेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । महाशिवरात्रीका दिन देशका विभिन्न स्थानबाट आएका हजारौं भक्तजनले पूजाअर्चना गर्दै चढाएको भेटी मूल मन्दिर तथा अन्य स्थानहरूबाट संकलन गरिएको हो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार मूल मन्दिरसहित विभिन्न स्थानबाट ३ लाख ८५ हजार ५३१ रुपैयाँ, रसिदबाट ४४ हजार १४५ रुपैयाँ तथा व्यापारिक स्थल भाडाबाट ४४ हजार ४०० रुपैयाँ संकलन भएको छ । मन्दिरबाट संकलन हुने भेटी रकम पूर्वाधार निर्माण, मन्दिर संरक्षण, परिसर सौन्दर्यीकरण तथा गलेश्वर क्षेत्रको समग्र विकासमा खर्च गरिँदै आएको छ । साथै, शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन तथा अन्य भौतिक पूर्वाधार निर्माणमा समेत उक्त रकम उपयोग गरिने कोषका अध्यक्ष रेग्मीले उल्लेख गर्नुभयो । भेटी गणना कार्य कोषका पदाधिकारी, कर्मचारी, गलेश्वर बजारवासी, आमासमूह, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थितिमा पारदर्शी ढंगले गणन गरि सार्वजनिक गरिन्छ । कोषका अनुसार साउनका सोमबार, बालाचतुर्दशी, शिवरात्रीको भोलिपल्ट तथा अन्य समयमा मासिक रूपमा पनि भेटी गणना गर्ने प्रचलन रहेको छ । कोषका उपाध्यक्ष बम बहादुर पुन मगरका अनुसार भक्तजनलाई सहज रूपमा पूजा व्यवस्थापन गर्न बिभिन्न २४ वटा उपसमिति गठन गरी काम अगाडि बढाइएको छ । साथै, मेलाका क्रममा हुन सक्ने चोरी तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सिसीक्यामेरा जडान गरी निगरानीको व्यवस्था समेत मिलाइएको छ । महाशिवरात्रीका अवसरमा कालीगण्डकी नदीमा स्नान गरी गलेश्वरमा पूजा–अर्चना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १५:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP