शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी कांग्रेसको दोस्रो चरणको चुनावी अभियान पाचौ दिनमा प्रवेश
म्याग्दी कांग्रेसको दोस्रो चरणको चुनावी अभियान पाचौ दिनमा प्रवेश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन ८, २०८२
IMG_3662
म्याग्दी, ७ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको चुनावी अभियान पाँचौँ दिनमा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार धवलागिरी गाउँपालिकाका विभिन्न वडाहरूमा व्यापक चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । https://www.youtube.com/watch?v=NRfsYFRMc6A धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम, मालिका गाउँपालिकाको वडा नम्बर ५ बेविस्थान र वडा नम्बर ४ चिउरीबोटका विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग साक्षात्कार गर्दै आफ्ना नीति, योजना र विकासका प्राथमिकताबारे जानकारी गराएको हो । चिउरीबोटमा आयोजित प्रमुख चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति तथा निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले पार्टीका उम्मेदवार केबी भण्डारी लाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो । नेपाली कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्रीसमेत रहनुभएका गर्बुजाले आफ्नो छोटो कार्यकालमा म्याग्दीमा अर्बौँ रुपैयाँ बराबरको बजेट भित्र्याउन सफल भएको दाबी गर्नुभयो । ती बजेटमार्फत सुरु गरिएका योजनाहरूको दिगो र प्रभावकारी कार्यान्वयनका लागि पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको उहाँको तर्क थियो । उहाँले देशमा राजनीतिक स्थायित्व, सुशासनको प्रत्याभूति तथा अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिन अनुभवी र प्रतिबद्ध नेतृत्वको खाँचो रहेको उल्लेख गर्नुभयो । “हामीले सुरु गरेका विकासका कामलाई बीचमै रोकिन दिनु हुँदैन, त्यसका लागि सक्षम उम्मेदवारलाई विजयी गराउनुपर्छ,” उहाँले भन्नुभयो । प्रतिनिधि सभा सदस्यका उम्मेदवार केबी भण्डारीले म्याग्दीको समग्र विकासमा आफू लामो समयदेखि निरन्तर खटिएको बताउँदै आगामी निर्वाचनमा भारी मतले विजयी गराउन आग्रह गर्नुभयो । उहाँले म्याग्दीलाई आर्थिक रूपमा समृद्ध बनाउन जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, खानी तथा तातोपानी कुण्डजस्ता उत्पादनमूलक क्षेत्रहरूमा पूर्वाधार विकासलाई व्यवस्थित गर्ने योजना सार्वजनिक गर्नुभयो । ती क्षेत्रमा ठूलो लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने आफ्नो स्पष्ट कार्ययोजना रहेको उहाँले बताउनुभयो । कांग्रेसकै पहलमा जिल्लामा भित्रिएका विभिन्न विकास योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले खानी उत्खननमा देखिएका नीतिगत तथा कानुनी जटिलताका कारण म्याग्दीले अपेक्षित प्रत्यक्ष लाभ लिन नसकेको बताउनुभयो । आफू निर्वाचित भएपछि ती अवरोधहरू हटाउन संसद र सम्बन्धित निकायमा विशेष पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । कानुनका विद्यार्थीसमेत रहनुभएका उम्मेदवार भण्डारीले सांसदको भूमिका केवल विधेयक निर्माणमा सीमित नभई संसदमा जनताको आवाज सशक्त रूपमा उठाउने, विकासका लागि आवश्यक बजेट सुनिश्चित गर्ने र नीतिगत सुधारका लागि पहल गर्ने रहेको स्पष्ट पार्नुभयो । “कांग्रेसले सुरु गरेका योजनालाई निरन्तरता दिन र नयाँ सम्भावनालाई साकार पार्न अबको निर्वाचन निर्णायक हुनेछ,” उहाँले भन्नुभयो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय तहसम्म संगठन सुदृढ बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिका साथ कांग्रेस म्याग्दीले दोस्रो चरणको अभियानलाई अझ तीव्र बनाएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २१:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP