शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपुर्णको दोवा, दाना र नारच्याङमा कांग्रेसको चुनावी सभा
अन्नपुर्णको दोवा, दाना र नारच्याङमा कांग्रेसको चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन ९, २०८२
638046546_752330784344490_6838332334738807994_n

म्याग्दी, ९ फागुन । नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी सभालाई शनिबार अन्नपूर्ण गाउँपालिका–१ दोवा, वडा नं. ३ दाना र वडा नं. ४ नारच्याङमा सम्पन्न गरेको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका कर्णबहादुर भण्डारीले उत्तरी म्याग्दीका तीन वडामा आयोजित सभालाई सम्बोधन गर्नुभएको हो ।

सम्बोधनका क्रममा भण्डारीले दोवाको सीमा विवाद, सडक, स्वास्थ्य सेवा र चर्को मालपोत करको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी दानामा पर्यटन विकास तथा प्रवर्द्धनमा देखिएका अवरोध हटाउने र नारच्याङका हाइड्रोपावर पीडितका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । अन्नपूर्ण बेस क्याम्पसम्म जाने सडक तथा पदमार्गलाई व्यवस्थित गरी विश्वस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उहाँको योजना रहेको छ ।

उम्मेदवार भण्डारीले अन्नपूर्ण आधार शिविरसम्म पुग्ने मार्ग स्तरोन्नति, प्रभावकारी प्रचार–प्रसार, कालीगण्डकी नदी कटान नियन्त्रणका लागि योजना तथा बजेट व्यवस्था, नारच्याङको लेकगाउँसम्म सडक स्तरोन्नति, आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण तथा स्थानीय युवालाई सीपमूलक र व्यवसायमूलक तालिममार्फत स्वरोजगार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देवाको सीमा विवाद दुवै पक्षलाई मर्का नपर्ने गरी समाधान गर्ने, गुठीसम्बन्धी समस्या समाधान, सडक स्तरोन्नति, पक्की नाली निर्माणका लागि बजेट व्यवस्था, दोवाको स्वास्थ्य चौकी व्यवस्थित सञ्चालन लगायतका कार्यलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । यी योजना कार्यान्वयनका लागि आफूलाई रुख चिह्नमा मतदान गरी विजयी गराउन स्थानीय मतदातासँग अपिल गर्नुभयो ।

निवर्तमान राज्यमन्त्री तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो कार्यकालमा थालिएका धेरै योजनाहरू देशमा उत्पन्न परिस्थितिका कारण अधुरा रहेको बताउँदै ती कार्य पूरा गर्न कांग्रेसका उम्मेदवार भण्डारीलाई विजयी गराउन आग्रह गर्नुभयो ।

हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीले अपेक्षित सेवा–सुविधा प्राप्त गर्न नसक्दा उपल्लो भेगका नागरिक समस्यामा परेको उल्लेख गर्दै उम्मेदवार भण्डारीले जनताका समस्या समाधान गर्ने क्षमता र योजना आफूसँग रहेको दाबी गर्नुभयो । “म सेवा गर्नकै लागि राजनीतिमा आएको हुँ । कानुनको विद्यार्थी भएकाले योजना निर्माण, बजेट बाँडफाँट र जिल्लामा बजेट भित्र्याउने प्रक्रियाबारे जानकार छु । म्याग्देली जनताको शिर उँचो हुने गरी नीति निर्माण तहमा पुगेर काम गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।

उहाँले विकासलाई प्राथमिकता र आवश्यकताका आधारमा अघि बढाउने, जातीय समानता कायम गर्ने, वर्गीय विभेद अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन पूर्वाधार निर्माण, शिक्षा–स्वास्थ्य सेवा सुधार, खानेपानी, सिँचाइ, कृषि तथा पशुपालनलाई उद्यमका रूपमा विकास, जडीबुटी संकलन, प्रशोधन तथा बजारीकरण र खानी उत्खननजस्ता विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो।

नेपालमै पहिलोपटक विद्युतीय भोटिङ मेसिन निर्माण भएको उल्लेख गर्दै भण्डारीले सूचना प्रविधिको क्षेत्रमा पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दोवामा आयोजित कार्यक्रममा नेकपा (एमाले)बाट निर्वाचित दिलिपकुमार गर्बुजाले शुभकामना मन्तव्य व्यक्त गर्दै दलीय व्यवस्थामा राजनीतिक दलमार्फत नै गाउँको विकास, योजना र बजेट कार्यान्वयन सम्भव हुने धारणा राख्नुभयो ।

तीनवटै वडामा कार्यक्रम शालीन र मर्यादित रूपमा सम्पन्न भएको थियो । प्रतिद्वन्द्वी दल वा व्यक्तिप्रति कुनै आक्षेप नलगाई नीति निर्माण र जिल्लाको विकासका एजेन्डा प्रस्तुत गर्दै मतदातासमक्ष प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।


प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २२:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP