शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • मंगलामा एमालेको चुनावी अभियन : जिल्लाको पूर्वाधार र समृद्धिमा जोड
मंगलामा एमालेको चुनावी अभियन : जिल्लाको पूर्वाधार र समृद्धिमा जोड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन ११, २०८२
634907888_1160288429365593_6149538091627270954_n
म्याग्दी, १० फागुन । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मूल निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार मंगला गाउँपालिकाका विभिन्न टोल, बस्ती र गाउँमा चुनावी आमसभा, घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएका छन् । एमाले म्याग्दीका अनुसार मंगला गाउँपालिका–१ को कुहुँ र पैयुँपाटा, वडा नम्बर २ को हिदी तथा वडा नम्बर ५ का अर्मन र सिरकुममा निर्वाचन अभियानअन्तर्गत चुनावी सभा, बहस, मतदाता भेटघाट र घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो । कुहुँ र अर्मनका विभिन्न स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले म्याग्दीबाट प्रत्यक्षतर्फका उम्मेदवार नेता हरिकृष्ण श्रेष्ठले ‘समृद्ध म्याग्दी र सुखी म्याग्देली’ बनाउने अभियानसहित आफूहरू निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले म्याग्दीको समग्र विकास र जनताको जीवनस्तर सुधारका लागि स्पष्ट योजना र भिजनसहित एमाले निर्वाचनमा आएको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार नरदेवी पुनले फागुन २१ गतेको निर्वाचन देश निर्माणको पक्षमा उभिने शक्तिलाई जिताउने अवसर भएको बताउनुभयो। उहाँले वि.सं. २०५१ सालदेखि एमालेले जनमुखी कार्यक्रममार्फत देशको विकासमा योगदान दिएको उल्लेख गर्दै आफू सांसद र मन्त्री भएका बेला म्याग्दीमा उल्लेख्य बजेट परिचालन गरी विकास निर्माणका काम अघि बढाएको दाबी गर्नुभयो। विगतमा सुरु गरिएका र अधुरा रहेका योजनालाई पूर्णता दिन पनि एमालेको जीत आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा एमालेका निर्वतमान केन्द्रीय सदस्य तथा पूर्व सांसद भूपेन्द्रबहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीको समग्र विकासका लागि विभिन्न पूर्वाधार निर्माणमा विशेष जोड दिएको बताउनुभयो। उहाँले म्याग्दीलाई हिमाली जिल्लाका रूपमा सूचीकृत गराउन पहल गरिएको र सोही अनुसार सेवासुविधा प्राप्तिका लागि प्रयास भएको उल्लेख गर्नुभयो। साथै सडक विस्तार तथा स्तरोन्नति, विद्यालय भवन निर्माण, पर्यटकीय पदमार्ग, झोलुङ्गे पुल र पक्की मोटरेबल पुलजस्ता योजनाहरू सञ्चालन गरिएको बताउँदै बाँकी पूर्वाधार निर्माणका लागि पनि एमाले उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ००:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP