शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मतदाता नामावलीमा नाम भए सरकारी कागजातबाट मतदान गर्न पाइने
मतदाता नामावलीमा नाम भए सरकारी कागजातबाट मतदान गर्न पाइने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १५, २०८२
Mat
म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदातालाई केही सहज व्यवस्था गरिएको छ । निर्वाचन आयोग ले मतदाता परिचयपत्र साथमा नभए पनि अन्य सरकारी कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मतदान केन्द्रमा उपस्थित भई आफ्नो पहिचान खुल्ने सरकारी कागजात प्रस्तुत गरेपछि मतदान गर्न पाउने छन् । यसले मतदाता परिचयपत्र हराएको, बिग्रिएको वा साथमा ल्याउन नसकिएको अवस्थामा समेत नागरिकको मताधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा ४३ र दफा ८४ मा मतदाता मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमा लिनुपर्ने उल्लेख छ । तर सोही निर्देशिकाले वैकल्पिक रूपमा अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ । मतदाता परिचयपत्र नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा, सवारी चालक अनुमतिपत्र लगायत यी कागजातमार्फत मतदाताको पहिचान सुनिश्चित गरी मतदान प्रक्रियामा सहभागी गराइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालय ले देशभरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । मतदानको दिन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइने जनाइएको छ । निर्वाचन आयोगले मतदातालाई समयमै आफ्नो मतदान केन्द्रमा पुग्न, आवश्यक कागजात साथमा लिन र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान हुँदैछ। लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा रहेको यस निर्वाचनमा व्यापक सहभागिता जनाउन सबै मतदातालाई आह्वान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०७:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP