शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १५, २०८२
Snapshot_3
म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीमा शुक्रबार आयोजित निर्वाचन र आमसञ्चार विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचनसँग सम्बन्धित प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका अधिकांश काम सम्पन्न भइसकेको जानकारी दिइएको हो । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा ले जिल्लामा सरल, सहज र शान्तिपूर्ण वातावरणमा निर्वाचन कार्यक्रम अगाडि बढिरहेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन आचारसंहिताको छिटपुट उल्लङ्घनसम्बन्धी उजुरीहरू प्राप्त भए पनि सम्बन्धित पक्षलाई सचेत गराई समाधान गरिएको छ । “निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार र सजग देखिएका छन्,” उहाँले भन्नुभयो ।   जिल्लामा रहेका १२२ वटै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको छनोट प्रक्रिया पूरा भइसकेको र नियुक्तिपत्र वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १८ गतेभित्र सबै मतदान स्थलमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसक्ने गरी खटनपटनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ । यसबाहेक सुरक्षाकर्मी र अनुगमनकर्ताहरू पनि खटिनेछन् । निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लामा एकीकृत सुरक्षा रणनीति लागू गरिएको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य ले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनयन दर्तादेखि निर्वाचन प्रचार–प्रसार, मौन अवधि, मतदान, मतगणना तथा विजयी उत्सवसम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लास्थित सुरक्षा निकायहरूबीच आवश्यक समन्वय र सहकार्य सुदृढ बनाइएको छ । मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । यसैगरी, जिल्ला निर्वाचन अधिकारी बिमल प्रसाद गौतम ले निर्वाचनका लागि आवश्यक मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री जिल्ला आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सबै सामग्री मतदान केन्द्रअनुसार छुट्टाछुट्टै वर्गीकरण गरी सुरक्षित तवरले व्यवस्थापन गरिएको छ, जसले वितरण तथा प्रयोग प्रक्रियालाई सहज बनाउनेछ । प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १ जना स्वतन्त्र उम्मेदवारसहित कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८६ हजार ३९७ जना मतदाता कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई आफ्नो नाम मतदाता नामावलीमा सुनिश्चित गरी मतदानमा सहभागी हुन आह्वान गरेको छ । सरोकारवाला निकायहरूले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आचारसंहिता पालना गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १५:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP