शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ६० बर्षपछि राखुबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने योजनामा भण्डारी
६० बर्षपछि राखुबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने योजनामा भण्डारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १८, २०८२
बेनी । आज मध्यरातदेखि मौन अवधि सुरू हुने भएकाले नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले अन्तिम चुनावी सभा रघुगंगा गाउँपालिकाका विभिन्न बस्ती हुदै बेनी नगरपालिका वडा नं १० पात्लेखेत, वाखेतमा केन्द्रित गर्नुभयो ।विहानै मतदाताको घरदैलोमा भेटघाट सहित रघुगंगा गापाको वडा नं ५, झिँ, वडा नं ६ पाखापानी लगायतका बस्तीमा पुगेर फर्किनुभएका उम्मेदवार भण्डारी मतदाताबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित हुनुहुन्छ । आगामी बिहिबार अर्थात फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सोमबार राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने भएपछि ग्रामिण क्षेत्रबाट झरेर बजार क्षेत्रमा समेत भेटघाट गर्ने उम्मेदवार भण्डारीको योजना छ । भण्डारीले यसपटक रघुगंगा गाउँपालिकाको वडा नं २ र ३ को प्रतिनिधित्व गदैं करिब ६ दशकपछी केन्द्रीय संसदमा प्रतिनिधित्वको अवसर खोज्नुभएको छ । रघुगंगा गापा–२, राखु भगवती निवासी भण्डारीले आफ्नो भूगोलबाट प्राप्त सहयोगले ६ दशकयताकै पहिलो प्रतिनिधि बन्ने दावी गर्नुभएको छ ।वि.स. २०२४ मा राखु मौवाफाँटका खडानन्द सुवेदीले राष्ट्रिय पन्चायत सदस्य जित्दा राखु क्षेत्र मुस्ताङ जिल्लामा समावेश थियो । वि।स। २०३२ सालमा भएको प्रशासनिक हेरफेरमा राखुका ४ गाउँ पञ्चायत सहित १२ वटा गाउँ पञ्चायतलाई म्याग्दी जिल्लामा गाभिएपछि वि।स।२०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा अञ्चलाधिस समेत रहनुभएका राखुका नन्दबहादुर मल्ल उम्मेदवार बनेपनि भिमप्रसाद गौचनसंग पराजित हुनुभएको थियो । जिल्लाको राजनीतिक रुपमा ठूलो योगदान दिएको राखुबाट बर्षौपछि संघीय प्रतिनिधिको अवसरले कांग्रेसको भगवतिमा आयोजित आमसभामै स्थानीय समाजसेवी ८५ बर्षिय पूर्व प्रधानपञ्च देबेन्द्रबहादुर मल्लले मन्तब्यमार्फत खुसी ब्यक्त गर्नुभएको थियो । वि।स। २०३८ मा आम निर्वाचनमा राखुका नन्दबहादुर मल्ल र शिखका हरिबहादुर पुनलाई पराजीत गर्दै पाखापानीका भिमप्रसाद गौचनले जित्नुभएकोमा बि।स२०४३ मा बेनीका भुपेन्द्र खड्का र शिखका हरि बहादुर पुनलाई पराजीत गर्दै गौचन पुन राष्ट्रिय पञ्चायत सदस्य बन्न सफल हुनुभएको थियो । ‘मैले ६ दशक अगाडीको इतिहासलाई फर्काउने छु,जिल्लाबासीका सबै समस्या समाधान गरेरै छोड्नुछ‘ भण्डारीले भन्नुभयो । म्याग्दी जिल्लामा निर्वतमान प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले छोडेका अपुरा योजनालाई पुर्णतासहित बजेट विनियोजनमा प्राथमिकता दिने गरी काम गर्ने उम्मेदवार भण्डारीको भनाई छ ।
प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १९:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP