शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा बेनीमा प्रतिमा निर्माण
भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा बेनीमा प्रतिमा निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन २७, २०८२
51_-3U6e
म्याग्दी, २७ फागुन । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दीको सदरमुकाम बेनीमा उहाँको प्रतिमा निर्माण गरिएको छ । भलिबल खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पु¥याउनुभएको योगदानको कदर गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीले रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मनुभएकी शाहीको प्रतिमा निर्माण गरेको हो । बुधबार आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रतिमाको अनावरण गर्नुभयो । सोही अवसरमा बोल्दै नगर प्रमुख केसीले खेलाडीको सम्मानमा निर्माण गरिएको प्रतिमाले आगामी पुस्तालाई खेलकुद क्षेत्रमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिमालाई भविष्यमा बेनी बजारको उपयुक्त स्थानमा स्तम्भ निर्माण गरी स्थायी रूपमा स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रतिमा निर्माणले जिल्लाका महिला खेलाडीहरूमा ऊर्जा थपेको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले अरुणा शाहीले नेपाली महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै सम्मानस्वरूप प्रतिमा निर्माण गरिएको बताउनुभयो । विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी करिब नौ लाख रुपैयाँको लागतमा प्रतिमा निर्माण गरिएको समितिले जनाएको छ । प्रतिमालाई बेनी नगरपालिका–८ कालिपुल क्षेत्रमा जग्गा व्यवस्थापन गरी स्तम्भ निर्माण गरेर स्थायी रूपमा राख्ने तयारी गरिएको छ । आफ्नो सम्मानमा प्रतिमा निर्माण भएकोमा कप्तान शाहीले खुशी व्यक्त गर्दै सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले प्रतिमा निर्माणले महिला खेलाडीहरूलाई थप हौसला मिल्ने र आफूलाई पनि खेल क्षेत्रमा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा दिएको बताउनुभयो । सोही अवसरमा पोखरास्थित ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालयले पनि शाहीलाई सम्मान गरेको थियो । सन् २०१३ मा राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएकी शाहीको कप्तानीमा नेपालले एभीसी सेन्ट्रल जोन प्रतियोगितामा दुई स्वर्ण, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत तथा काभा वुमेन्स नेसन्स लिगमा रजत पदक जितेको छ । उहाँकै नेतृत्वमा नेपालले पहिलो पटक भारतलाई पराजित गर्ने ऐतिहासिक सफलता पनि हासिल गरेको थियो । करिब डेढ दशकदेखि भलिबल क्षेत्रमा सक्रिय शाहीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डसहित विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मान समेत प्राप्त गर्नुभएको छ । कार्यक्रममा ज्ञानुबाबा आवासीय माविका प्रधानध्यापक शुभकन्या गुरुङ, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, बेनी नगरपालिका–७का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता सदस्य सोहन श्रेष्ठले स्वागत र कोषाध्यक्ष नगेन्द्र मल्लले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतिमा बनाउन सहयोग गर्नुभएका दाताहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १९:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP