शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङ बजार अनुगमन(तस्बिर/भिडिओ)
दरबाङ बजार अनुगमन(तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन २७, २०८२
bazar anugamag (1)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका –६, दरबाङ बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बुधबार दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो ।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकिकृत सेवा कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ ,म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई टोलीले दरबाङ बजारमा सञ्चालित पसलहरुको अनुगमन गरेकाे हाे। भिडिओ... [embed]https://youtu.be/ynBLyaYe1mg[/embed] दैनिक उपभोग्य सामानहरुमा प्रयोगको वर्तमान अवस्था पत्ता लगाएर बिक्रेता र क्रेताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको थियो ।अनुगमन टोलीले दरबाङमा सञ्चालित किराना तथा खाद्यान्न (३१), खाजाघर, होटल तथा रेष्टुरेण्ट (१०), फ्रेस हाउस (४), औषधी पसल (३)सहित कुल ४८ वटा पसलहरुमा अनुमगन गरेको जनाएको छ । अनुगमनको क्रममा भेटिएका म्याद नाघेका दैनिक उपभोग्यलगायत सामानहरुलाई जफत गरि छुट्टै भण्डारण सँगै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । अनुगमन गरिएका पसलहरुमा म्याद सकिएको सामानहरु बिक्री वितरण गरेको, पसल र होटल तथा रेष्टुरेण्टमा सरसफाइ नगरेको, मूल्यसूची र साईनबोर्ड नटाँसेको, एउटा नामको पसल दर्ता गरी अन्य प्रकृतिका सामानहरु बिक्री गरेको, लेबल नटाँसको सामान बिक्रीमा राखेको र पसल दर्ता नगरिकनै सञ्चालन गरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । अनुगमनमा भेटिएका कमजोरीलाई तत्कालै सुधार गर्न निर्देशन दिइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्यले बताउनुभयो । पालिकाले विगतको समयमा भएको बजार अनुगमनको कारणले यसपालि भने केही सुधारका सङ्केतहरु देखिएको भए पनि अझै थप सुधार गर्नुपर्ने आवश्यकता रहेको अनुगमन टोलीले जानकारी दिएको छ । पसलहरुको समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउनुका साथै उपभोक्तालाई पनि सचेत बनाउनुपर्ने आवश्यक देखिएको सहायक प्रजिअ आचार्यको भनाइ छ । टाेलीमा सम्सेर घर्ती क्षेत्री ,तेजेन्द्र लम्साल ,सागर सुवेदी  ,सुनिल अर्याल ,अमृत सापकाेटा ,श्यामबहादुर कुमाल लगायतकाे सहभागीता रहेकाे थियाे ।
प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १८:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP