शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप तथा प्याकेजिङ तालिम
तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप तथा प्याकेजिङ तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २९, २०८२
1Htphjwq
बेनी, २९ फागुन। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र तिनका संरक्षकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिड्स नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममार्फत तोरीपानी क्षेत्रमा प्रशस्त मात्रामा उत्पादन हुने टिमुरलाई प्रशोधन गरी स्थानीय महिलाहरूलाई घरमै बसेर टिमुरको छोप तयार गर्ने, सुकाउने तथा प्याकेजिङ गर्ने तरिकाबारे व्यवहारिक प्रशिक्षण दिइएको लिड्स नेपाल म्याग्दीकी संयोजक निशा महतले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमले विशेष गरी मानसिक बिरामी तथा उनीहरूका संरक्षकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सहभागी महिलाहरूले तालिमबाट सिकेको सीप प्रयोग गरी घरमै बसेर आयआर्जन गर्न सक्ने वातावरण तयार भएको आयोजकले जनाएको छ । संस्थाले ग्रामीण क्षेत्रका विभिन्न गाउँ–बस्तीमा आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको संयोजक महतले बताउनुभयो । मानसिक बिरामी तथा उनीहरूका परिवारको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सीपमूलक तालिम, आयआर्जन कार्यक्रम तथा सामाजिक सहयोगका विभिन्न गतिविधि सञ्चालन भइरहेका उहाँले उल्लेख गर्नुभयो । विद्यालयमा अध्ययनरत विपन्न तथा दलित विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो । यसबाट शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ । तालिमका प्रशिक्षक विष्णु गर्बुजा मगरले सहभागी कृषकहरूलाई टिमुर छनोट गर्ने तरिका, सफाइ गर्ने विधि, सुकाउने प्रक्रिया, प्रशोधन गर्ने तरिका, गुणस्तर कायम गर्ने उपाय तथा आकर्षक प्याकेजिङका विषयमा जानकारी दिनुभएको थियो । साथै प्रशोधित टिमुरलाई ब्रान्डिङ गरी बजारमा कसरी बिक्री वितरण गर्न सकिन्छ भन्ने विषयमा पनि व्यवहारिक प्रशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो । त्यसैगरी संरक्षक कृषि सहकारी संस्थाका संयोजक शिवकुमार खत्रीले कृषि तथा आयआर्जन कार्यक्रम अन्तर्गत स्थानीय कृषकलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार मिनी टिलर वितरण, तरकारी खेतीका लागि बीउबिजन, टनेल निर्माण सामग्री उपलब्ध गराउने तथा समुदायमै कुटानी–पिसानी मिल स्थापना गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । टिमुर प्रशोधन तथा छोप उत्पादनसम्बन्धी तालिमले स्थानीय स्रोत–साधनको उपयोग गर्दै गाउँमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमले मानसिक बिरामी तथा उनीहरूका परिवारको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । बेनी नगरपालिका–९ र १० अन्तर्गत पर्ने तोरीपानीसँगै डावा, काफलबोट, धुपिबोट, ढोलठान, नेप्टेचौर र गिठिनी क्षेत्र टिमुर खेतीका लागि उपयुक्त मानिन्छन् । यी स्थानहरूमा टिमुरको राम्रो उत्पादन हुने भएकाले यस क्षेत्रलाई टिमुर खेतीको पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । समुद्री सतहदेखि करिब १,७५० मिटर उचाइमा अवस्थित तोरीपानी क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । साथै तोरीपानीको शिरमा रहेको पर्यटकीय स्थल टोड्के, ऐतिहासिक महत्व बोकेको ढोलठान दरबार तथा धार्मिक स्थलहरूले यस क्षेत्रको आकर्षण अझ बढाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  २२:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP