शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग
८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत १, २०८२
84th-birthday-help-to-school
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ औं जन्मोत्सवको अवसरमा दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । च्युरीबोटका टिकप्रसाद पुन र दिलमाया पुन दम्पत्तीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोट स्थित सिद्धार्थ माविलाई एक लाख ८५ हजार ५५५ रपैयाँ सहयोग गर्नुभएको छ । भने सोही विद्यालयलाई शुक्रबार ८४ पुजा गर्नुभएका ओखरबोट निवासी टेकबहादुर घर्ती मगर र हिरामति घर्ती मगरले ६० हजार रुपैयाँ र उहाँका आफन्तहरुबाट बीस हजार गरी ८० हजार रुपैयाँ सहयोग गर्नुभएको विद्यालयका शिक्षक छकप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । ८४ वर्ष पुगेको अवसरमा पुजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् । ८४ पुजा गर्नुभएका ओखरबोट निवासी टेकबहादुर घर्तिमगर र हिरामति घर्तिमगरले ओखरबोट माविलाई ७५ हजार रुपैयाँ , उहाँहरुका आफन्तहरुले थप १५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको तामाखानी युवा क्लबका अध्यक्ष ओम पुनले जानकारी दिनुभयो । चौरासी, बिवाह, लाहुरे स्वागत, तिहारमा देउसीभैलो खेलेर आर्थिक स्रोत जुटाएर नीजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, कम्प्युटर कक्षा सञ्चालन, भौतिक र शैक्षिक विकासमा परिचालन गरेका छन् । ८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग गरेर पुण्यको काम गरेको भन्दै सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्ती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनले सहयोगीदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२  २२:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP