शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • टिका पुर्जा पुनमगर रघुगंगा पुनमगर समाजको अध्यक्षमा चयन
टिका पुर्जा पुनमगर रघुगंगा पुनमगर समाजको अध्यक्षमा चयन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत ५, २०८२
IMG_2909.JPG
म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाल पुन मगर समाजको ‘प्रथम पालिका अधिवेशन’ बुधबार सम्पन्न भएको छ । दर्मिजामा आयोजित अधिवेशनले टिका पुर्जा पुन मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनको उद्घाटन नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले गर्नुभएको थियो । नवगठित कार्यसमितिको उपाध्यक्षमा चेतन गर्बुजा पुन मगर, सचिवमा विनु राम्जाली पुन मगर, सह–सचिवमा दिवा शेर्पुन्जा पुन मगर र कोषाध्यक्षमा रेश्मी फगामी पुन मगर चयन भएका छन् । सदस्यहरूमा मोहन गर्बुजा पुन मगर, एकेन्द्र थजाली पुन मगर, अंकित पुन मगर, सन कुमारी पुन मगर, करूणा गर्बुजा पुन मगर, शिव पाईजा पुन मगर र विनिता पुन मगर रहेका छन् । कार्यसमितिमा एक जना सदस्य भने आगामी बैठकबाट मनोनयन गरिने जिल्ला कार्यसमिति म्याग्दीका सचिव साजन पुन मगरले जानकारी दिनुभयो । अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले मगर समुदायलाई विभाजन गर्ने प्रयास असफल बनाउन सबै एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय मगर समुदायलाई कमजोर पार्ने गतिविधि बढ्दै गएको उल्लेख गर्दै उहाँले एकताको विकल्प नभएको स्पष्ट पार्नुभयो । उहाँले पुन मगर समुदायका मौलिक कलासंस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै ती सांस्कृतिक सम्पदालाई स्थानीय, प्रदेश तथा संघीय सरकारमार्फत सूचीकृत गराउन आवश्यक रहेको बताउनुभयो । पहिचान र संस्कृतिको संरक्षणबाटै समुदायको सशक्तीकरण सम्भव हुने उहाँको भनाइ थियो । कार्यक्रममा मगर संघ यूकेका पूर्व महासचिव तथा एनआरएनए यूकेका पूर्व अध्यक्ष योगकुमार फगामी पुन मगर, पुन मगर समाज यूकेका संस्थापक अध्यक्ष बिल पुर्जा पुन मगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापा मगर, नेपाल पुन मगर समाज म्याग्दीका अध्यक्ष निरज शेरपुञ्जा पुन मगर, रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाईजा पुन मगर, वडा नम्बर ५ का अध्यक्ष मनकुमार शेरपुञ्जा पुन मगर तथा नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष टकबहादुर पुन मगरलगायतले मन्तव्य राख्नुभएको थियो । समाजको संगठन सुदृढीकरण, समुदायको हकहित संरक्षण तथा सामाजिक सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ । रघुगंगा पुन मगर समाजको आयोजनामा सम्पन्न कार्यक्रममा अध्यक्ष टिका पुर्जा पुन मगरको अध्यक्षता, कोषाध्यक्ष रेश्मी पुन मगरले स्वागत मन्तव्य, वडा नम्बर ७ का वडा सदस्य चेतन गर्बुजा पुन मगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा झाँकीसहित विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए । नवगठित कार्यसमितिले समुदायको समग्र विकास, सामाजिक एकता अभिवृद्धि तथा परम्परागत संस्कृति संरक्षणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । नवनिर्वाचित अध्यक्ष टिका पुर्जा पुन मगरले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संगठनलाई अझ सशक्त, प्रभावकारी र एकताबद्ध बनाउने प्रतिबद्धता जनाउनुभएको छ। फोटो : शिव पाईजा
प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०९:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP