शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • योगकुमार फगामीद्वारा दर्मिजाका विभिन्न संस्थालाई आर्थिक सहयोग
योगकुमार फगामीद्वारा दर्मिजाका विभिन्न संस्थालाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत ५, २०८२
IMG_2910.JPG
म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेग स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका सामाजिक व्यक्तित्व योगकुमार फगामीले विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । फगामीले स्थानीय स्तरमा क्रियाशील संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहिबार नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । उहाँले दीपशिखा युवा क्लबलाई रु ५,०००, प्रगतिशील आमा समूहलाई रु ५,००० तथा सिद्धभूमि नौमती बाजा समूहलाई रु ३,००० सहयोग प्रदान गर्नुभएको रघुगंगा पुन मगर समाजका सदस्य शिव पाईजा पुन मगरले जानकारी दिनुभयो । सहयोग रकम ग्रहण गर्दै सम्बन्धित संस्थाका प्रतिनिधिहरूले फगामीप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनीहरूले उहाँलाई सहयोगी मनका धनी तथा समाजप्रति सकारात्मक सोच राख्ने व्यक्तित्वका रूपमा प्रशंसा गर्दै सम्पूर्ण संस्थाको तर्फबाट धन्यवाद तथा आभार प्रकट गरेका छन् । संस्थाका पदाधिकारीहरूले “उहाँको सहयोगले संस्थागत गतिविधि सञ्चालनमा थप उर्जा मिल्नेछ, साथै समुदायको मौलिक कला, संस्कृति तथा पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुग्नेछ” भन्ने विश्वास व्यक्त गरेका छन् । यसैबीच, प्रगतिशील आमा समूह र दीपशिखा युवा क्लबले सहयोगको कदरस्वरूप फगामीलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रममा सहभागीहरूले उहाँको निरन्तर सहयोग, सद्भाव र समाजप्रतिको समर्पणको खुलेर प्रशंसा गरेका थिए । ब्रिटिस गोर्खा सैनिक सेवाबाट अवकाशपछि बेलायतमा बसोबास गर्दै आउनुभएका फगामी विभिन्न संघ संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ । उहाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके तथा वेगखोला कल्याणकारी समाज यूकेका पूर्व अध्यक्षसमेत रहनुभएको छ । प्रवासमा रहेर पनि नेपाली समुदाय र जन्मभूमिप्रति निरन्तर योगदान दिँदै आउनु भएका उहाँ लोकप्रिय समाजसेवीका रूपमा परिचित हुनुहुन्छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल आउनु भएका फगामी रघुगंगा नेपाल पुन मगर समाजको आयोजित ‘प्रथम पालिका अधिवेशन’ मा सहभागी हुन बुधबार दर्मिजा पुग्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १३:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP