शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरधाम आमा समूहको अध्यक्षमा पुन: फुलकुमारी रोका निर्विरोध चयन
गलेश्वरधाम आमा समूहको अध्यक्षमा पुन: फुलकुमारी रोका निर्विरोध चयन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ७, २०८२
GG00
म्याग्दी, ७ चैत । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र गलेश्वरमा सक्रिय गलेश्वरधाम आमा समूहको अध्यक्षमा फुलकुमारी रोका पुन: दोस्रो कार्यकालको लागि निर्विरोध चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको १५औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशनले रोकाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विन्दु कार्की पुर्जा, सचिवमा निशा जिसी महत, सह–सचिवमा नविना कार्की र कोषाध्यक्षमा मनु फगामी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा पुष्पा साप्कोटा, मनिता पुन, नौकुमारी पाईजा, चाहाना खत्री, देवी पाईजा, दिलकुमारी घिमिरे पुरी, जविना सुबेदी र हिराकुमारी सेन्चुरी चयन भएका छन् । सल्लाहकारमा कुमारी रोका, रविना भण्डारी र कुमारी पुन रहनुभएको सचिव निशा जिसी महतले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै समूहकी संस्थापक अध्यक्ष जमुना तिलिजाले महिलाको सहभागिता विना समाजको समृद्धि सम्भव नहुने बताउँदै महिला समूहहरूले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले महिलाहरूको एकता र सक्रियता अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि समाज सेवा र महिला सशक्तीकरणमा निरन्तर अघि बढ्न आग्रह गर्नुभयो । नवनिर्वाचित अध्यक्ष फुलकुमारी रोकाले आफ्नो कार्यकालमा समूहलाई थप सक्रिय, संगठित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गलेश्वरधामको धार्मिक तथा पर्यटकीय महत्व उजागर गर्दै स्थानीय समुदायको समग्र विकासमा योगदान पुर्‍याउने योजनालाई प्राथमिकता दिने बताउनुभयो । कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, स्थानीय समाजसेवी बालकुमार लामिछाने समुहकी सदस्य देवी पाईजा लगायतले समूहको सक्रियता र योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिएका थिए । समूहकी अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष विन्दु कार्की पुर्जाको स्वागत र सचिव निशा जिसी महतको सञ्चालनमा सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनु फगामीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा–दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  २०:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP