शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ज्यान कर्तव्य मुद्दाका प्रतिवादी एक महिनापछि पक्राउ
म्याग्दीमा ज्यान कर्तव्य मुद्दाका प्रतिवादी एक महिनापछि पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ८, २०८२
655858284_1386527220169383_1044630900494253305_n
म्याग्दी, ८ चैत । म्याग्दीमा ज्यान कर्तव्य मुद्दामा संलग्न एक प्रतिवादीलाई घटना भएको करिब एक महिनापछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार अनुसन्धानको दायरामा रहेका अन्नपूर्ण गाउँपालिका–३, दानाका २२ वर्षीय प्रकाश विकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो । गत फागुन ७ गते साँझ करिब साढे ७ बजे स्थानीय २४ वर्षीय सौरब विकको गैयाभाट जंगलमा घाँस काट्ने क्रममा मृत्यु भएको प्रारम्भिक सूचना प्राप्त भएको थियो । तर, पोष्टमार्टम रिपोर्टपछि उक्त घटना हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानअनुसार मृतक विकसँगै जंगलमा गएका प्रकाश विकले टाउको तथा पछाडिबाट दाउराले प्रहार गरी हत्या गरेको खुलेको छ । घटनाका बेला अभियुक्त प्रकाश विक, मृतक सौरब विक तथा दुई नाबालक समेत जंगलमा भेडाको ऊन काट्न तथा गोठ सार्न गएका थिए । सोही क्रममा मादक पदार्थ सेवनपछि भएको विवादले घटनाले उग्र रूप लिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार घटनालाई सुरुवातमा सामान्य मृत्युको रूपमा देखाउन प्रयास गरिएको थियो । अभियुक्त र मृतकबीच पारिवारिक सम्बन्ध रहेका कारण घटनाको वास्तविकता लुकाउने प्रयास समेत भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनास्थलबाट संकलित प्रमाण, पोष्टमार्टम रिपोर्ट तथा अभियुक्तको बयान एकआपसमा मेल खाएपछि प्रकाश विकमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट आउनुअघि नै पीडित र अभियुक्त पक्षबाट प्रमाण लुकाउने प्रयास भएको देखिएकाले घटनाको अनुसन्धानमा ढिलाइ भएको थियो । पक्राउ परेका प्रकाश विकमाथि आइतबार जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  २२:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP