शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • भकिम्लीमा सार्वजनिक सुनुवाइ : विकास र सेवा प्रवाहबारे समीक्षा
भकिम्लीमा सार्वजनिक सुनुवाइ : विकास र सेवा प्रवाहबारे समीक्षा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत ९, २०८२
649777365_1460577628886393_5356519886825788839_n
बेनी, ९ चैत । म्याग्दीको बेनी नगरपालिका वडा नं. ३ भकिम्लीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने उद्देश्यले आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्म सञ्चालन भएका विकास निर्माणका काम तथा सेवा प्रवाहसम्बन्धी गतिविधिहरूको विस्तृत समीक्षा गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दोस्रो चौमासिकसम्मको समग्र कार्यप्रगति विवरण प्रस्तुत गर्नुभयो । उहाँले चालु आर्थिक वर्षअन्तर्गत विभिन्न वडामा सञ्चालित योजनाहरू, ठेक्का सम्झौता भइसकेर कार्यान्वयन हुन बाँकी रहेका आयोजनाहरू तथा निकट भविष्यमा ठेक्का प्रक्रियामा जान लागेका योजनाहरूको अवस्थाबारे तथ्यगत जानकारी दिनुभयो । प्रस्तुत विवरणले नगरपालिकाको समग्र विकास गतिविधि, बजेट कार्यान्वयन अवस्था तथा सेवा प्रवाहको वर्तमान स्थितिलाई स्पष्ट पारेको थियो । कार्यक्रममा सहभागीहरूले कृषि उत्पादनमा देखिएका समस्या, ग्रामीण सडक पूर्वाधारको स्तरोन्नति, उत्पादित वस्तुको बजार व्यवस्थापन, स्वास्थ्य सेवा पहुँच र गुणस्तर, साथै शिक्षाक्षेत्रका विविध चुनौतीबारे आफ्ना गुनासा, सुझाव र जिज्ञासाहरू राखेका थिए । उठाइएका प्रश्नहरूको जवाफ दिँदै नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने तथा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नागरिकका समस्या समाधानका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँहरूले विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने, सेवा प्रवाहलाई थप सहज बनाउने तथा स्थानीय आवश्यकता अनुसार नीति तथा कार्यक्रम परिमार्जन गर्दै लैजाने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कृष्ण जिसी, प्रकाश पौडेल र बादल शाहीले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका वडा नं. १ देखि १० सम्मका नागरिकहरूले भिडियोमार्फत पठाएका प्रश्न, जिज्ञासा र सुझावहरू समेत प्रस्तुत गरी त्यसमाथि छलफल गरिएको थियो, जसले सहभागितामूलक शासन प्रणालीलाई थप मजबुत बनाएको देखिएको छ । नगर प्रमुख सुरत केसीको अध्यक्षता, वडा नं. ३ का अध्यक्ष पदम पुनले स्वागत मन्तव्य र प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाइमार्फत यस्तो प्रकारको कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि र नागरिकको विश्वास सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०९:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP