शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीको हाडेभिरमा पार्किङ गरिएको बोलेरोमा आगजनी
बेनीको हाडेभिरमा पार्किङ गरिएको बोलेरोमा आगजनी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १०, २०८२
Balero

बेनी, १० चैत । म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा पार्किङ गरी राखिएको एक बोलेरो जिपमा मंगलबार बिहान आगजनी गरिएको छ। बिहान करिब ५ः३० बजेको समयमा ग २ च १०५४ नम्बरको बोलेरो जिप अज्ञात समूहद्वारा जलाइएको हो ।

स्थानीयका अनुसार सडक किनारमा पार्किङ गरिएको अवस्थामा रहेको जिप एक्कासि बलिरहेको देखेपछि आसपासका बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भए पनि गाडीको भित्री भाग पूर्ण रूपमा जलेर क्षति पुगेको छ।

उक्त बोलेरो जिप युवा व्यवसायी सुमन श्रेष्ठको रहेको खुलेको छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ । घटनास्थलबाट प्रमाण संकलन, मुचुल्का उठाउने तथा आवश्यक प्राविधिक अध्ययनको काम भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले प्रारम्भिक अनुसन्धानका आधारमा आगजनी नियोजित रूपमा गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । “हामीलाई बिहानै घटनाबारे जानकारी आएपछि तत्काल प्रहरी टोली खटाएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ,” उहाँले भन्नुभयो, “घटनामा संलग्न व्यक्तिको पहिचान र खोजी कार्य तीव्र रूपमा भइरहेको छ । सीसीटीभी फुटेजसहित अन्य प्राविधिक माध्यमबाट समेत अनुसन्धान गरिरहेका छौँ ।”

पछिल्लो समय बेनी बजार आसपासका क्षेत्रमा सवारी साधनमाथि हुने आगजनी तथा तोडफोडका घटनाहरू बढ्न थालेपछि स्थानीयवासी तथा व्यवसायीहरूमा चिन्ता बढेको छ । सुरक्षाको प्रत्याभूति गर्न तथा यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सरोकारवाला निकायले प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत उठ्न थालेको छ ।


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP