शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको कालिगण्डकी किनारमा साढे दुई करोड दीप प्रज्वलन
म्याग्दीको कालिगण्डकी किनारमा साढे दुई करोड दीप प्रज्वलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत १३, २०८२
OSKTuMgQ
बेनी, १३ चैत । हिन्दु धर्मावलम्बीहरूको पर्व रामनवमीको अवसरमा म्याग्दीको कालिगण्डकी नदी किनारमा साढे दुई करोडभन्दा बढी दीप प्रज्वलन गरिएको छ । विश्व हिन्दु महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–७ स्थित जयन्ती मंगला र कालीगण्डकीको संगमस्थल नजिक कृष्णगण्डकी किनारमा पितृ उद्धार, स्मरण तथा विश्व शान्तिको कामनासहित भव्य रूपमा पूजाआजा र दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वत जिल्लासहित देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो । करिब २२० भन्दा बढी कर्तासहित हजारौँ भक्तजनले दीप प्रज्वलन गरेको महासंघका अध्यक्ष डण्डपाणी उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघले सुरुमा १ करोड ८ लाख दीप प्रज्वलन गर्ने लक्ष्य राखे पनि अपेक्षाभन्दा बढी भक्तजनको उपस्थिति हुँदा साढे २ करोडभन्दा बढी दीप प्रज्वलन गरिएको छ । बिहानैदेखि नदी किनारमा भक्तजनको भीड लागेको थियो भने भजन समूह तथा आमा समूहहरूले फूलप्रसाद वितरण गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना र गोविन्द सुबेदीसहितको टोलीले भीड व्यवस्थापन गरेका थिए । विश्वमै शालग्राम शिला पाइने कालिगण्डकी नदीको संरक्षण र प्रचारप्रसारका लागि वडा कार्यालयमार्फत तटीय क्षेत्रमा व्यवस्थापन गरिएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । रामनवमीको अवसरमा बेनीबजारमा पहिलोपटक यति ठूलो स्तरमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिएको महासंघका उपाध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो । उहाँले हिन्दु धर्मका विभिन्न पर्वहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । हिन्दु धर्ममा देवी–देवताका पूजाअर्चनामा दीप प्रज्वलन अनिवार्य मानिने भएकाले विधिपूर्वक पूजाआजा सम्पन्न गरिएको पण्डित ठाकुरप्रसाद शर्माले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १८:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP