शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ६९औँ राष्ट्रिय सहकारी दिवसमा बेनी प्रादेशिक अस्पतालमा सरसफाई तथा फलफूल वितरण
६९औँ राष्ट्रिय सहकारी दिवसमा बेनी प्रादेशिक अस्पतालमा सरसफाई तथा फलफूल वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत २०, २०८२
IMG_5859
म्याग्दी, २० चैत । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनीस्थित प्रादेशिक अस्पताल परिसरमा सरसफाई तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ । “उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो । शुक्रबार जिल्ला सहकारी संघ लिमिटेड, बेनी म्याग्दीको आयोजनामा तथा को–अपरेटिभ म्यानेजर्स क्लब (CMC) म्याग्दीको सह–आयोजनामा सम्पन्न कार्यक्रममा अस्पताल परिसर, बगैंचा तथा आसपासका क्षेत्रहरूमा व्यापक सरसफाई गरिएको थियो । कार्यक्रममा सहभागी सहकारीकर्मी, कर्मचारी तथा स्थानीयवासीहरूले हातेमालो गर्दै अस्पताल क्षेत्रलाई सफा र व्यवस्थित बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण समेत गरिएको थियो । बिरामी तथा उनका कुरुवाहरूलाई लक्षित गर्दै गरिएको उक्त सहयोगले मानवीय सेवा भावको उदाहरण प्रस्तुत गरेको आयोजकले बताएको छ । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (बिखर्ची)ले सहकारी क्षेत्र केवल आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व बहन गर्ने महत्वपूर्ण संस्था भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकार्य, सहयोग र सेवाको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले सहकारी दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई समुदायसँग जोडिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले सरसफाईजस्ता अभियानले सार्वजनिक स्थलहरू स्वच्छ राख्न प्रेरणा दिने र स्वास्थ्यप्रति जनचेतना बढाउने विश्वास व्यक्त गरेका छन् । उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  २१:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP