शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बस र ट्रक एक आपसमा ठोकिँदा चालक सहित १५ जना घाइते
बस र ट्रक एक आपसमा ठोकिँदा चालक सहित १५ जना घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत २५, २०८२
accident-news-
बेनी । म्याग्दीमा बस र ट्रक एकपसमा ठोक्किँदा चालक सहित १५ जना घाईते भएका छन् । बुधबार साँझ करिब ६.३० बजे बेनी नगरपालिका–८, जलेश्वरमा मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवा बाट रुप्से म्याग्दी तर्फ जादै गरेको ग.प्र.०१००१ ख ००१२ नम्बरको मालवाहक ट्रक एकपसमा ठोक्किँदा चालकसहित यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो । दुर्घटनास्थलमा प्रहरी निरीक्षक तिमिल्सिनासहितको नेतृत्वमा गएको टोलीले बसमा चालक र सह चालक सहित २४ जना सवार रहेकोमा ९ जना सकुशल रहेका छन् भने १५ जना घाइतेहरुलाई उद्धार गरी प्रदेश अस्पताल बेनीमा ल्याइएको थियो । दुर्घटनामा बस र ट्रकको अगाडीको भाग पूर्णरुपमा क्षती भएको छ । दुर्घटनामा घाईते हुनेको शरीरमा चोट लागेपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बस चालक कास्की माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक घर भएका ३१ बर्षिय बिकास जिसी र ट्रक चालक पर्बत जलजला गाउँपालिका–७, धाईरिङका २८ बर्षिय नारायण प्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको दुबै चालकले मापसे नगरेको र साथमा कागजात समेत रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाईतेको विवरण १. देश भारत उत्तर प्रदेश घरका बर्ष ६२ का दिपकराज मित्तल दायाँ आखाँमा चोट अबस्था सामान्य । २. ऐ.ऐ. बस्ने बर्ष ६३ का शंकर लाल केशवानी मुखमा चोट अबस्था सामान्य । ३. देश भारत मध्य प्रदेशका बर्ष ४२ कि कृति शर्मा नाक र मुखमा भित्री चोट अबस्था सामान्य । ४. ऐ.ऐ. बस्ने बर्ष ३८ को गौरव सेनी घुडामा भित्री चोट अवस्था सामान्य । ५. देश भारत गुजरात बस्ने बर्ष ७२ को राज अडोलिया मुखमा निधारमा चोट अबस्था सामान्य । ६. ऐ.ऐ. बस्ने बर्ष २० कि सिम्रण साहाय मुखमा भित्री चोट अबस्था सामान्य । ७. देश भारत हरीयाना बस्ने बर्ष ६७ का प्रेमा शर्मा मुखमा र चिउडोमा चोट अबस्था समान्य । ८. देश भारत उत्तर प्रदेश बस्ने बर्ष ५३ कि अल्का गुप्ता मुखमा चोट अवस्था सामान्य । ९. देश भारत जयपुर राजस्थान बस्ने बर्ष ५८ को अरबिन्द भट्ट ओठ र चिउडीमा चोट अवस्था सामान्य । १०. देश भारत दिल्ली बस्ने बर्ष ६९ को रामगोपाल शर्मा मुखमा भित्री चोट अवस्था सामान्य । ११. ऐ.ऐ. बस्ने बर्ष ४८ कि बन्धना शर्मा दायाँ पाखुरामा भित्री चोट अबस्था मध्यम । १२. देश भारत मध्य प्रदेश बस्ने बर्ष ३७ कि रिचा कौशिक मुखमा चोट अवस्था सामान्य । १३. ऐ.ऐ. बस्ने बर्ष ३९ को गौरव कौशिक बायाँ साप्रामा भित्री चोट अवस्था सामान्य । १४. देश भारत गुजरात घर भयका बर्ष ४८ का बिनित गोयल बायाँ खुट्टामा सामान्य चोट अवस्था सामान्य । १५. ऐ.ऐ. बस्नर बर्ष ४२ कि निरु चौधरी कुममा चोट अवस्था सामान्य ।  
प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २०:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP