शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी–दरबाङ सडक खण्ड अलपत्र हुँदा स्थानीय आन्दोलित
बेनी–दरबाङ सडक खण्ड अलपत्र हुँदा स्थानीय आन्दोलित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख १, २०८३
Untitled

म्याग्दी, ३० चैत । पश्चिम म्याग्दीको ‘लाइफलाइन’का रूपमा चिनिएको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरबाङ) खण्डमा पर्ने तोलाबाङदेखि दरबाङ जोड्ने सडक निर्माण कार्य लामो समयदेखि अलपत्र परेको भन्दै स्थानीय संघसंस्थाहरू आन्दोलित भएका छन् । सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीलाई आवतजावत, स्वास्थ्य सेवा तथा दैनिक जीवनयापनमा गम्भीर समस्या भइरहेको जनाइएको छ ।

विशेषगरी वर्षायाममा सडकको अवस्था अझ जोखिमपूर्ण बन्दै गएको छ । यस विषयमा ध्यानाकर्षण गराउँदै पश्चिम म्याग्दी युवा क्लबले सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र (विज्ञप्ति) पेश गरेको जनाएको छ। क्लबले सडक निर्माण कार्य तत्काल अघि बढाउन, ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि आवश्यक कारबाही गर्न तथा जनताको सहज आवागमन सुनिश्चित गर्न माग गरेको छ।

स्थानीय बासिन्दाहरूले समेत छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दिँदै आएका छन् । उनीहरूले विकास निर्माणमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् ।

बेनी–दरबाङ सडकअन्तर्गत पर्ने रणवाङ–दरबाङ खण्डको स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र परे पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाइएको छ । मालिका गाउँपालिका–६, दरबाङमा रहेको सक्रिय तथा वैधानिक पश्चिम म्याग्दी युवा क्लबले यस विषयमा चासो व्यक्त गर्दै विज्ञप्ति जारी गरेको जनाएको छ ।

वि.सं. २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभानसँग २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भई दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म सडक निर्माण कार्य अलपत्र परेको मुख्य कारण निर्माण कम्पनीको गम्भीर लापरबाही भएको बताइएको छ ।

उक्त समस्याका कारण धार्डखर्क, लाम्मेला, उपल्लो दरबाङ, भुमेथानका बासिन्दा, जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थी, पैदल यात्री तथा सवारी साधन प्रयोगकर्ता धुलो, धुँवा र हिलोको समस्याबाट गम्भीर रूपमा प्रभावित भएका छन्।

यसैबीच, मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोका मगरले समेत उक्त विषयमा सहमति जनाउँदै भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।

दरबाङ–बेनी सडक खण्डको अलपत्र अवस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मालिका–६ स्थित टोल सुधार समितिका अध्यक्ष, विभिन्न संघसंस्था तथा समाजसेवीहरूले पनि पहल गर्दै आएका छन्। उनीहरूले समस्याको समाधानका लागि सम्बन्धित निकायसम्म आवाज पुर्‍याउन सहयोग गरिदिन अनुरोध गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १३:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP