शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको मालिकामा मंगलबारदेखि विद्यार्थी भर्ना अभियान सुरू
म्याग्दीको मालिकामा मंगलबारदेखि विद्यार्थी भर्ना अभियान सुरू
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ७, २०८३
malika nirnay
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले मंगलबारदेखि शैक्षिक सत्र–२०८३ को विद्यार्थी भर्ना सुरु गर्ने निर्णय गरेको छ । सोमबार गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले भर्नासँगै पठनपाठन पनि सुरु गर्ने निर्णय गरेको हो ।विगतका वर्षहरुमा वैशाख २ गतेबाट नयाँ भर्ना अभियानसँगै पठनपाठन हुने गरेकोमा यसबर्ष सरकारले बैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गर्ने निर्णयले विद्याथीहरुको अध्ययन अध्यापन कार्यमा अवरोध सृजना भएको भन्दै अभिभावकको समेत अनुरोधमा गाउँपालिकाले भर्ना अभियानका लागि अनुमति दिएको प्रमुख प्रशासकीय अधिकृत हरिश्वचन्द्र ढकालले बताउनुभयो । बैठकमा गाउँपालिकामा भर्ना अभियानसँगै पठनापठन केन्द्रिय कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक समन्वय गरिने गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । बैठकमा शिक्षा शाखा प्रमुख अशोक रिजाल,निजी विद्यालयको छाता संगठन प्याप्सनका अध्यक्ष हिरा पुन लगायतको उपस्थिती रहेको थियो । शिक्षा मन्त्रालयले वैशाख २ देखि १५ सम्म विद्यालयको कार्ययोजना,वार्षिक कायतालिका, शैक्षिक योजना, शिक्षकको पेसागत दक्षता, सिकाइ उपलब्धीलगायतका लागि गर्नुपर्ने कार्य गर्न भनेको छ । र, यो वर्षको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि भर्ना अभियान सुरु गरी २१ गतेबाट पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।  भर्ना अभियान अगाडी सञ्चालन भौगोलिक अवस्था अनुसार गर्न सकिने भएकाले गाउँपालिका भित्र कुनैपनि समस्या नभएकाले बैशाख ८ गतेदेखि नै सुरु गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।म्याग्दीका अन्य स्थानीय तहले संघीय सरकारको निर्णय अनुसार हाल सार्वजनिक रुपमा भर्ना अभियान सुरु गरेका छैनन् ।  
प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  २०:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP