शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
धवलागिरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २९, २०८३
687608779_1693251085363727_1692107514644216392_n
बेनी, २९ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका लाई १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण तथा उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउने, साथै खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धतासहित मंगलबार आयोजित एक समारोहबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सम्झना कार्की ले सातवटै वडामा गरिएको घरधुरी सर्वेक्षणअनुसार जन्मेदेखि २३ महिनामुनिका १५७ जना तथा १६ महिनादेखि पाँच वर्षमुनिका ५३४ जना सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको जानकारी दिनुभयो । १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला तथा जापानीज इन्सेफलाइटिसविरुद्धका विभिन्न चरणका खोप तोकिएको समयतालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ । नेपालको संविधानको धारा ३५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक बालबालिकाले पूर्ण खोप पाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । विश्व स्वास्थ्य संगठनको प्रावधानअनुसार पनि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ मा गाउँपालिकारनगरपालिकाको काम, कर्तव्य र अधिकार तथा वडा समितिको जिम्मेवारीअन्तर्गत आधारभूत स्वास्थ्य सेवाभित्र खोप सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दी का प्रमुख भुवन ठकुराठी, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । खोप अभियानमा योगदान पुर्‍याउने स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो भने स्वास्थ्यकर्मीहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  २०:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP