शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कालीगण्डकी करिडोरको महभिर र भिरकाटेमा पहाड फुटाएर सडक फराकिलो बनाइँदै
कालीगण्डकी करिडोरको महभिर र भिरकाटेमा पहाड फुटाएर सडक फराकिलो बनाइँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ २, २०८३
697248728_1444795150994212_4326574192913086978_n
म्याग्दी, २ जेठ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका मा पर्ने महभिर र भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्ने काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका–६ को भिरकाटे र वडा नं ७ को महभिर क्षेत्रमा सात करोड बढी लागतमा सडक विस्तार आयोजना अघि बढाएको हो । निर्माण कम्पनीले पहाडमा ड्रिलिङ गरेर बिस्फोटक पदार्थ प्रयोगमार्फत सडक फराकिलो बनाउने तयारी थालेको आयोजना प्रमुख तेजस्वी शर्माले जनाकारी दिनुभयो । हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको महभिर र भिरकाटे खण्डको करिब ७०० मिटर सडक पाँचदेखि छ मिटर चौडाइको मात्रै भएकाले दुईतर्फी सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । सडकलाई दुई लेनको ११ मिटर चौडाइमा विस्तार गरी ढलान गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित कालीमाता–थापाकाजी–रसुवा जेभीसँग रु सात करोड सात लाख ७४ हजारमा ठेक्का सम्झौता गरिएको छ । आयोजना प्रमुख शर्माले सुरुङ मार्ग निर्माणका लागि करिब एक अर्ब लागत अनुमानसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भए पनि आर्थिक स्रोत अभावका कारण हाल पहाड काटेर सडक फराकिलो पार्ने विकल्प अपनाइएको बताउनुभयो । सम्भव भएका स्थानमा कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण गरेर सडक विस्तार गरिने र विस्तार सम्भव नभएका ठाउँमा चट्टानी भित्तो फुटाइने उहाँले जानकारी दिनुभयो । यसैबीच, चीन सीमासम्म जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डका विभिन्न स्थानमा पहिरो रोकथामको काम पनि भइरहेको छ । आयोजना कार्यालयका अनुसार चमेरे, बैसरी, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटाखोला, रुप्से र घोप्टेभिर क्षेत्रमा रु २६ करोड लागतमा पहिरो नियन्त्रणका आयोजना सञ्चालन भइरहेका छन् । रासस
प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०७:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP