शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अन्नपुर्णमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित )
अन्नपुर्णमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन ३, २०७६
annapurna

सुरेन गुरुङ
शिख ,शनिबार फागुन ०३ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं ५ शिख स्थित शिख माविको व्यवस्थापन तथा गाउँपालिकाको आयोजनामा शनिबारदेखी दोस्रो राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको हो । ५ गतेसम्म संचालन हुने प्रतियोगितामा आठ वटै वडा भित्रका एक (१–८) आधारभुत र १० मावि तह विद्यालयले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्नुका साथै उनिहरुलाई अनुशासित र एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारको निति तथा कार्यतालिका अनुसार प्रतियोगिता संचालन गरिएको बताउनुभयो ।
‘ग्रामिण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर,उनिहरुलाई अनुशासित बनाउन ,आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने अपेक्षा लिएको छु, अध्यक्ष क्याप्टेन पुन मगरले भन्नुभयो ।’ ‘गाउँपालिकाबाट उत्कृष्ट प्रतिभा छनौट गरी जिल्ला प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने गरी खेल पस्कन पनि सबै विद्यार्थिलाई शुभकामना व्यक्त गर्दछु ।’ गाउँपालिकाले मेला महोत्सवलाई व्यवस्थित गर्न एक वडा एक मेला निति लिएको बताउनुहुँदै खेलकुदको विकास तथा हरे विद्यालयमा व्यवस्थित खेलमैदान निर्माणमा गाउँपालिका जुतेको उहाँको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले प्रदेश सरकारको निति तथा कार्यतालिका अनुसार प्रतियोगिता संचालन गरिएको बताउनुभयो । प्रतियोगितामा विजेता विद्यालयले ५० हजार रुपैयाँ रनिङ्ग शिल्ड ,ट्रफि ,मेडल र प्रमाणपत्र ,उपविजेताले ३० हजार रुपैयाँ ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय विद्यालयले २५ हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र पाउने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा वडा नं २ का अध्यक्ष ओमप्रसाद फगामी ,शिख माविका प्रअ केदारबहादुर कार्की ,व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजा ,शिख्तानी समाज पोखराका अध्यक्ष बलबहादुर पुन ,शिक्षक महासंघका अध्यक्ष रमन पुन लगायतले बोल्नुभएको थियो ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षता, शिक्षा तथा खेलकुदका कर्मचारी भरत पुनको संचालन तथा गाउँपालिकाको शिक्षा शाखाका संयोजक गणेश बरुवालको स्वागतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा छात्र÷छात्रा भलिबल तथा छात्र÷छात्रा कपर्डी तथा एथलेटिक्स विद्याका खेलहरु संचालन हुने गाउँपालिकाका शिक्षा तथा खेलकुदका कर्मचारी पुनले जानकारी दिनुभयो ।

उद्घाटन खेलमा १५०० मिटर दौड प्रतियोगितामा छात्र तर्फ तिकोत मावि प्रथम ,प्रभा मावि द्धितिय र पाउद्धार मावि तृतिय तथा छात्रातर्फ मुक्तिमार्ग प्रथम, तिकोट मावि द्धितिय र प्रभा मावि तृतिय भएका छन् । विजेता र उपविजेता विद्यालयहरुलाई गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर लगायतले मेडल र प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । भने सहभागि विद्यालय, आमा समुह,टोल सुधार समिति आर्चरी समुह लगायतले ¥याली तथा मार्चपास गरेका थिए ।

कार्यक्रममा शिख माविबाट एसईई परिक्षामा सहभागित भई सर्वोत्कृष्ट जिपिए ल्याउने दुई जना छात्र र छात्राई नगद सहित सम्मान गरिएको थियो । वडा नं ५ स्थित स्वाँता घर भई हाल अमेरिकामा बसोबास गर्नुहुने तिलक पुनले स्वर्गिय बुबा मेजर टेकबहादुर र आमा चन्द्रा पुनको स्मृतिमा विद्यालयलाई एक थान ल्यापटप सहित गत बर्षको एसईईमा उत्कृष्ट जिपिए ल्याउने टिना पुर्जा र शिवराम पाइजालार्ई दश ÷दश हजार दरले २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको छ । साथै कार्यक्रमलाई निरन्तरता दिइने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । सो ल्यापटप उहाँका दाजुले विद्यालयका प्रअ र विव्यस अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो भने गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुन र विव्यस तथा शिख्तानी समाज पोखराका अध्यक्षले विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  २३:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP