शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ज्ञानोदय माविमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन
ज्ञानोदय माविमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ ९, २०८३
681141444_1882564045766667_8013908611787835398_n

म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । एकीकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्रीले किशोरीहरूको भौतिक सुरक्षासँगै विद्युतीय माध्यमबाट हुने हिंसाबाट बच्न पनि तालिमले सहयोग पुग्ने बताउनुभयो । उहाँले किशोरीहरूलाई सचेत र सुरक्षित बनाउन यस्ता तालिम आवश्यक रहेको उल्लेख गर्दै यसले आत्मविश्वास अभिवृद्धि गर्न समेत मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले किशोरीहरूलाई आफू, परिवार र समाजलाई सुरक्षित राख्न तालिमले उत्प्रेरित गर्ने बताउनुभयो । उहाँले समाजमा महिला तथा किशोरीमाथि हुने हिंसा र दुर्व्यवहारका घटना बढ्दै गएकाले आत्मरक्षा तालिम आवश्यक रहेको उल्लेख गर्दै यसले किशोरीहरूको आत्मबल बढाउने, नेतृत्व क्षमता विकास गर्ने तथा समाजमा सचेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत सेवा कार्यालयका प्रमुख सम्सेर घर्ति क्षेत्रीले किशोरीहरूलाई सक्षम र सुरक्षित बनाउन कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

तालिममा प्रशिक्षकहरूले किशोरावस्थाका जोखिम, ध्यान दिनुपर्ने विषय, बालविवाह तथा त्यसले समाजमा पार्ने प्रभाव र असरलगायतका विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी दैनिक जीवनमा आइपर्न सक्ने जोखिमपूर्ण अवस्थाबाट कसरी सुरक्षित रहने, मानसिक रूपमा बलियो बन्ने तथा आवश्यक अवस्थामा आफूलाई कसरी जोगाउने भन्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो । सहभागी किशोरीहरूलाई शारीरिक अभ्याससहित विभिन्न आत्मरक्षा प्रविधिबारे व्यवहारिक अभ्यास गराइएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तिमिल्सिना, प्रहरी सहायक हवल्दार आकाश भित्रिकोटी, प्रहरी जवानहरू हेमा बडाल, गुन्जबहादुर नेपाली र भूमिसरा राम्जालीले प्रशिक्षण दिनुभएको छ । कार्यालय प्रमुख घर्ति क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्राविधिक सहायक उपेन्द्रबहादुर बस्नेतले गर्नुभएको थियो ।


प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  २१:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP