शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ७० वर्षको उमेरमा राममायाँले पाइन् नागरिकता
७० वर्षको उमेरमा राममायाँले पाइन् नागरिकता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २०, २०८३
Rammaya
बेनी, २० जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ डाँडाखर्ककी ७० वर्षीया राममायाँ खत्रीले जीवनको उत्तरार्धमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । एकल महिला तथा शारीरिक रूपमा अपाङ्ग राममायाँलाई जिल्ला प्रशासन कार्यालयमा अन्य सेवाग्राहीसरह लामो लाइनमा नराखी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै राखेर नागरिकता प्रदान गरिएको हो । विसं २०१३ सालमा जन्मिनुभएकी राममायाँसँग अहिलेसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यबाट प्राप्त हुने विभिन्न सेवासुविधाबाट वञ्चित रहनुभएको थियो । गाउँमा आफ्ना उमेरका साथीहरूले सामाजिक सुरक्षा भत्ता पाइरहेको देखेपछि उहाँले घरपरिवारसँग नागरिकता बनाइदिन आग्रह गर्दै आउनुभएको थियो । उहाँका कान्छा भाइ गर्भे खत्रीले आवश्यक कागजात संकलन गरी जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा भएको हो । मंगलबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य ले राममायाँलाई नागरिकता हस्तान्तरण गर्नुभएको थियो । नागरिकता प्राप्त गरेपछि खुसी व्यक्त गर्दै राममायाँले अब वृद्धभत्ता प्राप्त हुने भएकाले औषधी उपचार तथा दैनिक जीवनयापनमा केही सहजता हुने बताउनुभयो । “नागरिकता पाएपछि निकै खुसी लागेको छ, अब भत्ता पनि पाइन्छ,” उहाँले भन्नुभयो । नागरिकतासँगै राष्ट्रिय परिचयपत्रसमेत बनाइएपछि आफ्नो जिम्मेवारी पूरा भएको अनुभव भएको राममायाँका भाइ गर्भे खत्रीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले जीवनको उत्तरार्धमा पुगेकी नागरिकलाई नागरिकता हस्तान्तरण गर्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताउँदै राज्यका सेवासुविधाबाट कुनै पनि नागरिक वञ्चित हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०७:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP