शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ओखरबोटका शिक्षक तुलप्रसाद पुन (नयन बाबु)को मौलिक शिरफुले भाका ‘रेलिमै’को म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
ओखरबोटका शिक्षक तुलप्रसाद पुन (नयन बाबु)को मौलिक शिरफुले भाका ‘रेलिमै’को म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ २३, २०८३
ओखरबोटका शिक्षक तुलप्रसाद पुनको मौलिक शिरफुले भाका ‘रेलिमै’को म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
बेनी । म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका हाल अमरज्योति माविमा अध्यापनरत तुलप्रसाद पुन (नयन बाबु)को प्रस्तुतिमा मगर समुदायको प्रचलित मौलिक शिरफुले भाका रेलिमैको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । मौलिक कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त म्युजिक भिडिओ शनिबार बिहान गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाईलीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्माता पुन र  गायक रसाईलीकै शब्द तथा लय रहेको गीतमा स्वयं गायक रसाईली सहित कृष्ण परियार, गीता पाईजा, सुमन थापा र अमृता लामिछानेले स्वर भर्नुभएको छ । मालिका गाउँपालिकाको वडा नम्बर ४ पर्यटकीय स्थल सोले डाँडा ,ओखरबोट लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडिओको निर्देशन समेत गायक रसाइलिको रहेको छ । म्युजिक भिडिओमा स्वयं गायक रसाइली ,निर्माणकर्ता पुन , कलाकारहरू पविता पुन, नवीन मगर, सुष्मा बुढाथोकी , करुणा बुढा लगायतको अभिनय रहेको छ। भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/KXwbrjH4KiA[/embed] कलाकारहरुलाई मौलिक मगर पोशाक तथा सांस्कृतिक गहनाले सजिएका देख्न सकिन्छ । पछिल्लो समय ओझेलमा पर्दै गएको पुरानो मौलिक भाका र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामाझ पुर्‍याउने उद्धेश्यले शिरफुले भाका ‘रेलिमै’ निर्माण गरिएको तुलप्रसाद पुनले बताउनुभयो । म्युजिक भिडिओमा गाउँको इतिहास ,संस्कृति र प्राकृतिक सम्पदा सौन्दर्य समेटिएको उहाँले बताउनुभयो । शिक्षक समेत रहनुभएका निर्माणकर्ता पुनले मुख्य भुमिकामा रहेर मगर समुदायको मौलिक पुख्र्यौली सोरठी नाचको संरक्षण र प्रवद्र्धनमा निरन्तर लाग्नुभएको छ । ‘मौलिकता र संस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन्। आफनो भाषा, कला, परम्परा, भेषभूषा र संस्कार जस्ता अमूल्य सम्पत्तिको संरक्षण तथा प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो। हाम्रो मौलिकता र संस्कृतिको जगेर्ना संरक्षण गर्दै सिरफुली रेलीमै गीत अडियो भिडियो तपाईहरु माझ प्रस्तुत गर्दै गर्दा एकदमै खुशी लागेको छ ,’ सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै पुनले भन्नुभयो ।    
प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०९:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP