शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोनाको नाममा स्वार्थपूर्ति गर्ने गतिविधिविरुद्ध बोलेको हुँ : सांसद जुग्जाली
मोनाको नाममा स्वार्थपूर्ति गर्ने गतिविधिविरुद्ध बोलेको हुँ : सांसद जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २५, २०८३
Subin--755x1024
म्याग्दी, २५ जेठ । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दी प्रवासी नेपाली संघ (मोना)का इमान्दार सदस्य तथा प्रवासी म्याग्देलीहरूलाई आफ्नो अभिव्यक्तिप्रति गलत बुझाइ नराख्न आग्रह गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको ३२औँ साधारणसभामा जेठ २३ गते व्यक्त गर्नुभएको भनाइप्रति विभिन्न टिप्पणी, चासो र प्रश्न उठेपछि सांसद जुग्जालीले सोमबार वक्तव्य जारी गर्दै आफ्नो धारणा स्पष्ट पार्नुभएको हो । वक्तव्यमा उहाँले मोना अन्तर्राष्ट्रिय कार्यसमिति तथा विभिन्न देशस्थित राष्ट्रिय समितिहरूमार्फत प्रवासी म्याग्देलीहरूले शिक्षा, स्वास्थ्य, सामाजिक विकास र विपद्का समयमा पुर्‍याएको योगदानको उच्च सम्मान व्यक्त गर्नुभएको छ । साथै विदेशमा रहेका नेपालीहरूलाई दुःख अप्ठ्यारोका बेला सहयोग पुर्‍याउन मोनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । सांसद जुग्जालीले मोनाको नाम र प्रतिष्ठालाई प्रयोग गरेर केही व्यक्तिहरूले व्यक्तिगत, व्यावसायिक तथा राजनीतिक स्वार्थ पूरा गर्न खोजेको भन्दै त्यसप्रति असन्तुष्टि जनाउनुभएको छ । आफ्नो अभिव्यक्ति त्यस्ता गतिविधिविरुद्ध लक्षित रहेको स्पष्ट पार्दै उहाँले त्यसका कारण इमान्दार प्रवासी म्याग्देलीहरूको भावनामा चोट पुगेको भए क्षमायाचना समेत गर्नुभएको छ । “मानवीय सेवा र पवित्र उद्देश्यका साथ स्थापना भएका संस्थाको नाममा केही व्यक्तिहरूले गरिरहेका विकृत गतिविधिप्रति खबरदारी गर्न खोजिएको हो,” वक्तव्यमा भनिएको छ, “यसलाई संस्थाप्रति गरिएको टिप्पणीका रूपमा नबुझ्न अनुरोध गर्दछु ।” उहाँले जन्मथलोको विकास र समृद्धिका लागि इमान्दारीपूर्वक सहयोग गरिरहेका प्रवासी म्याग्देलीहरूलाई निरुत्साहित नहुन आग्रह गर्दै समग्र म्याग्दीको विकास, सुशासन र समृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । वक्तव्यमा सांसद जुग्जालीले नागरिक, संघसंस्था, सार्वजनिक निकाय तथा पदाधिकारीहरूले आफ्नो सीमा र क्षेत्राधिकारभित्र रहेर इमान्दारिता, पारदर्शिता र सकारात्मक सोचका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने आफ्नो धारणा स्पष्ट, अडिग र प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १३:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP