शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सरकारलाई बुझायो हस्ताक्षर
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सरकारलाई बुझायो हस्ताक्षर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २५, २०८३
IMG_5416
म्याग्दी, २५ जेठ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाबाट वञ्चित गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएको छ । महासंघले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्ताक्षर पठाएको हो । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार म्याग्दी शाखाले जेठ ८ गते सरकारी विज्ञापन वितरणसम्बन्धी परिपत्र खारेज गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । हस्ताक्षर बुझाउने कार्यक्रममा शाखाका अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष घनश्याम खड्का, सचिव शिव आचार्य, कोषाध्यक्ष साधन घर्ती, पत्रकार सन्तोष गौतमलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रको दिगोपना तथा नागरिकको सूचनामा पहुँचमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । त्यसैले उक्त निर्णय तत्काल पुनर्विचार गरी सच्याउन सरकारसँग आग्रह गरिएको महासंघले जनाएको छ । सरकारको निर्णयविरुद्ध महासंघले सञ्चालन गरेको दोस्रो चरणको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न क्षेत्रका व्यक्तिहरूले हस्ताक्षर गरेका छन् । सञ्चार क्षेत्रको अस्तित्व, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणका लागि आन्दोलनलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १७:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP