शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दानाको तितरमा स्कार्पियो दुर्घटना, पाँच जना घाइते
दानाको तितरमा स्कार्पियो दुर्घटना, पाँच जना घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २५, २०८३
WhatsApp Image 2026-06-08 at 6.21.33 PM
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ तितरस्थित बेनी–जोमसोम सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार अपराह्न २.४० बजे मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बा १९ च ५६०२ नम्बरको स्कार्पियो ओरालो सडकमा अचानक ब्रेक फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ । दुर्घटनामा चालकसहित ८ जना सवार रहेकोमा पाँच जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएको प्रहरी निरक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । घाइते हुनेहरूमा काठमाडौं बानेश्वर निवासी ४१ वर्षीया रन्जु श्रेष्ठ, पोखरा–७ निवासी ४६ वर्षीया बिन्दु बराल, ५० वर्षीय केशवप्रसाद बराल, ५३ वर्षीय देवेन्द्र बराल, ताप्लेजुङ सिरिजंघा गाउँपालिका–२ निवासी ३६ वर्षीय तारा कुँवर रहेका छन् । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ। सवारी दुर्घटनापछि इलाका प्रहरी कार्यालय दानाबाट प्रहरी सहायक निरीक्षक जुद्धबहादुर थापाको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्कार्पियो चालक काभ्रेको फुलबारी नगरपालिका–२ घर भई हाल पोखरा–१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुल प्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १९:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP