शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी पुस्तकालयमा ‘टेक एज गर्ल्स’ कार्यक्रम सुरु
म्याग्दी पुस्तकालयमा ‘टेक एज गर्ल्स’ कार्यक्रम सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ २९, २०८३
711465540_27149240674759471_9186822730657790487_n
बेनी, २९ जेठ । किशोरीहरूको प्रविधिमैत्री क्षमता तथा नेतृत्व अभिवृद्धि गर्ने उद्देश्यले म्याग्दी सामुदायिक पुस्तकालयमा ‘टेक एज गर्ल्स’ कार्यक्रम सुरु गरिएको छ । रिड नेपाल र म्याग्दी सामुदायिक पुस्तकालयको आर्थिक साझेदारीमा सञ्चालन हुने १५ महिने कार्यक्रमको शुक्रबार बेनी नगरपालिकाका मेयर सुरत केसी ले उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ स्थित सभाहलमा आयोजित कार्यक्रममा बोल्दै मेयर केसीले डिजिटल प्रविधिमा पहुँच विस्तार, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा समुदायमा ज्ञान, सीप र सूचना आदान–प्रदानका लागि किशोरीहरूलाई सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आत्मविश्वास अभिवृद्धिका लागि किशोरीहरूले आफ्ना क्षमता र सकारात्मक पक्षहरू पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपमेयर ज्योति लामिछानेले जिल्लामै पहिलोपटक सञ्चालन भएको यस परियोजनाले किशोरीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले पुस्तकालयको प्रभावकारी उपयोगका लागि समुदायलाई विभिन्न कार्यक्रममार्फत जोड्नुपर्ने बताउनुभयो । रिड नेपालकी ‘टेक एज गर्ल्स’ परियोजना संयोजक भाग्यश्री विष्ट ले डिजिटल साक्षरता, नेतृत्व क्षमता र सीप विकासमार्फत किशोरीहरूलाई प्रविधि क्षेत्रमा सक्षम र आदर्श व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीप्रसाद शर्मा तथा पुस्तकालयका कार्यसमिति सदस्य हरिप्रसाद पौडेल ले किशोरी लक्षित कार्यक्रमले उनीहरूलाई शारीरिक, मानसिक र सामाजिक रूपमा सक्षम बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । परियोजनाअन्तर्गत म्याग्दी बहुमुखी क्याम्पसबाट ६ जना, प्रकाश माध्यमिक विद्यालयबाट १५ जना, बेनी सामुदायिक विद्यालयबाट १८ जना र बालमन्दिर माध्यमिक विद्यालयबाट १८ जना गरी ५७ जना छात्रा छनोट भएका छन्। उनीहरूलाई लिखित परीक्षामार्फत चयन गरिएको हो । परीक्षामा सहभागी भई वैकल्पिक सूचीमा परेका २१ जना छात्रालाई इच्छुक भएमा पुस्तकालयको आन्तरिक स्रोतबाट अनलाइन प्रविधिसहित जीवनोपयोगी तथा प्रविधिमैत्री शिक्षामा सहभागी गराइने पुस्तकालयका अध्यक्ष अम्बिककुमार श्रेष्ठ ले जानकारी दिनुभयो । म्याग्दी सामुदायिक पुस्तकालयकी परियोजना प्रमुख निरमाया मिजार का अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरू म्याग्दीका सबै ६ स्थानीय तहका साथै पर्वतको जलजला गाउँपालिका बाट पनि रहेका छन् । कुल ११ लाख ४३ हजार रुपैयाँ बजेट रहेको परियोजनामा रिड नेपालको ८ लाख ६ सय ६० रुपैयाँ र पुस्तकालयको ३ लाख ४३ हजार १४० रुपैयाँ साझेदारी रहेको छ। परियोजनाका लागि कम्प्युटर ल्याब व्यवस्थापनमा करिब ४ लाख रुपैयाँ खर्च गरिएको छ । १५ महिनासम्म सार्वजनिक बिदाका दिनहरूमा प्रविधिमैत्री नेतृत्व विकाससम्बन्धी कक्षाहरू सञ्चालन गरिनेछन्। कार्यक्रमको अध्यक्षता अम्बिककुमार श्रेष्ठ, स्वागत मन्तव्य कोषाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव नवराज पौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  २२:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP