शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ ट्रेकिङ मार्गको सर्वेक्षण सुरु
म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ ट्रेकिङ मार्गको सर्वेक्षण सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार २, २०८३
Mahabir Pun
म्याग्दी, २ असार । म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ पदयात्रा (ट्रेकिङ) मार्गको सम्भाव्यता अध्ययन तथा सर्वेक्षणका लागि पाँच सदस्यीय टोली प्रस्थान गरेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पहल तथा नेपाल सरकारको पर्यटन विभागको सहयोगमा टोली मुदी गाउँबाट गुर्जा गाउँतर्फ प्रस्थान गरेको हो । टोलीले गुर्जा गाउँपछि बगर हुँदै धवलागिरि बेसक्याम्प र मुस्ताङको टुकुचे गाउँसम्म पुगेर सम्भावित पदयात्रा मार्गको विस्तृत सर्वेक्षण गर्ने जनाएको छ । यस अध्ययनले म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रलाई नयाँ पर्यटन गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ । मन्त्री महावीर पुनले नेपालको अर्थतन्त्र सुदृढ बनाउन पर्यटन क्षेत्रको अधिकतम विकास अपरिहार्य रहेको बताउनुभएको छ । अमेरिका बसाइपछि स्वदेश फर्केर पनि आफू पर्यटन प्रवर्द्धनका विभिन्न अभियानमा सक्रिय रहेको उल्लेख गर्दै उहाँले पर्यटन पूर्वाधार निर्माण तथा नयाँ गन्तव्यको विकासमा विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो । सांसद तथा मन्त्री बनेपछि पनि पर्यटन विकासको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पुनले यस्ता विषयलाई राजनीतिकरण नगरी राष्ट्रिय हितका दृष्टिले हेर्न सबैसँग आग्रह गर्नुभएको छ । नयाँ ट्रेकिङ मार्ग सञ्चालनमा आएमा म्याग्दी र मुस्ताङका दुर्गम बस्तीहरू पर्यटन गतिविधिसँग जोडिने, स्थानीय रोजगारी सिर्जना हुने तथा क्षेत्रीय आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १४:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP