शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अमर बानियाँको ‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक
अमर बानियाँको ‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ४, २०८३
725199353_1336756101129872_6466970775540719109_n
काठमाडौं । म्याग्दीका फोटो पत्रकार तथा धौलागिरी पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँद्वारा लिखित ‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक गरिएको छ । म्याग्दीको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा, कला, संस्कृति तथा जनजीवनलाई समेटेर तयार पारिएको उक्त पुस्तक बुधबार काठमाडौंमा आयोजित एक समारोहबीच विमोचन गरिएको हो । धौलागिरी पर्यटन विकास परिषद् र बेनी समाज काठमाडौंको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले पुस्तक विमोचन गर्नुभएको थियो । पुस्तक विमोचन गर्दै वरिष्ठ उपाध्यक्ष वैद्यले म्याग्दीको पर्यटन प्रवर्द्धन र जिल्लाको पहिचान स्थापित गर्न पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व मुख्यसचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, प्रा.डा. प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रेशमबहादुर बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य सुबिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित पुस्तकमा म्याग्दी जिल्लाको समग्र परिचय समेटिएको छ । म्याग्दीबारे अध्ययन गर्न चाहने अध्येता, पर्यटक तथा म्याग्देली समुदायका लागि पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ । सदरमुकाम बेनी बजारमा बसेर विगत चार दशकदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहँदै आएका लेखक बानियाँले आफूले संकलन गरेका तस्बिरहरूको उपयोग गरी म्याग्दीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०९:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP