शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न सुरु
राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार ८, २०८३
default
म्याग्दी । म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङमा आइतबारदेखि पानी भर्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेड ले निर्माण गरिरहेको आयोजनाको दग्नाम–झिँ क्षेत्रस्थित बाँधदेखि पिप्लेस्थित तेस्रो अडिटसम्मको ६.२७ किलोमिटर लामो मुख्य सुरुङमा पानी भर्न थालिएको हो । [caption id="attachment_85169" align="alignnone" width="2000"] default[/caption] रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाका निर्माण सम्पन्न भौतिक संरचनाको परीक्षण गर्ने क्रममा सुरुङमा पानी भरिएको हो । पहिलो दिन करिब १,६०० मिटर सुरुङमा पानी भरिएको र करिब चार दिनभित्र सम्पूर्ण सुरुङमा पानी भरिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । “सुरुङमा पानी भरेर करिब १५ दिनसम्म परीक्षण गरिनेछ । यस अवधिमा कुनै समस्या नदेखिएमा विद्युतगृहमा जडान भएका दुईमध्ये एक २० मेगावाट क्षमताको युनिटबाट परीक्षण उत्पादन सुरु गरिनेछ,” केसीले भन्नुभयो । सात वर्षभन्दा बढी समयको प्रयासपछि आयोजना विद्युत उत्पादनको चरणमा प्रवेश गर्नु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ । [caption id="attachment_85170" align="alignnone" width="1500"] default[/caption] यसअघि बाँध, पानी थिग्राउने पोखरी (डिसेन्डर) तथा स्विचयार्डको सफल परीक्षण सम्पन्न भइसकेको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा निर्माण गरिएका संरचनाहरू परीक्षणमा सफल भएपछि आयोजनाले अब उत्पादनतर्फको अन्तिम चरणमा प्रवेश गरेको हो । तिल्केनीचौरस्थित विद्युतगृह निर्माणको काम सम्पन्न भई रंगरोगन भइरहेको छ । २० मेगावाट क्षमताको एउटा युनिट जडान भइसकेको छ भने अर्को युनिटको जडान कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युतगृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपीं)ले सन् २०१७ नोभेम्बर १७ मा करिब ६ अर्ब रुपैयाँ लागतमा ४५ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरेको थियो । विभिन्न कारणले पटक–पटक म्याद थपिएपछि हाल चौथो पटक थपिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको आयोजनाले जनाएको छ । कोरोना महामारी, बाढी–पहिरोजस्ता प्राकृतिक विपद् तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण कार्य प्रभावित भएको ठेकेदार कम्पनीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो । आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा गरिएको थियो । भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको छ । यसअघि आर्थिक समस्याका कारण पुरानो ठेकेदार आईभिआरसिएलसँगको सम्झौता २०७२ सालमा रद्द गरी नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको थियो । नयाँ ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण र २०७६ असारमा सुरुङ खन्ने काम सुरु गरेको थियो । आयोजनाबाट वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादित विद्युत कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । यसका लागि आवश्यक चारवटा टावर तथा प्रसारण लाइन निर्माण भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३  ०८:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP