शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सवारी नियम उल्लंघनमा कडाइः ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवानाको प्रस्ताव
सवारी नियम उल्लंघनमा कडाइः ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवानाको प्रस्ताव
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार १३, २०८३
IMG_5435
काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सवारी नियम उल्लंघन गर्नेहरूलाई ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यातायात निरीक्षक तथा सहायक निरीक्षकलाई सडकमै तत्काल जरिवाना स्पट फाइन गर्न सक्ने अधिकार दिने व्यवस्था गरिएको छ । हाल राय सुझावको लागि अहिले कानुन मन्त्रालयमा पुगेको उक्त विधेयकको दफा ६२ मार्फत सवारी चालकले नियम उल्लंघन गरे यातायात निरीक्षक र सहायक निरीक्षकले तत्कालै सडकमा कारबाही गर्न सक्नेछन् । प्रस्तावित व्यवस्थाअनुसार ट्राफिक प्रहरीले ३९ प्रकारका नियम उल्लंघनमा कारबाही गर्न पाउनेछन् । विधेयकमा सवारी साधनको सिसा अपारदर्शी बनाएर वा बाहिरबाट भित्र नदेखिने गरी कुनै वस्तु राखेर सवारी सञ्चालन गरेमा सबैभन्दा बढी १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ । मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई सवारी साधनको वर्गअनुसार जरिवाना तोकिएको छ । दुई तथा तीन पाङ्ग्रे सवारी चालकलाई २५ हजार रुपैयाँ, साना तथा मझौला सवारी चालकलाई ३५ हजार रुपैयाँ र ठूला सवारी चालकलाई ५० हजार रुपैयाँ जरिवाना गर्न सकिने प्रस्ताव गरिएको छ । त्यस्तै, तोकिएको गति सीमाभन्दा बढी गतिमा सवारी चलाएमा पनि सोही दरअनुसार जरिवाना लाग्ने व्यवस्था गरिएको छ । गति सीमा ५ प्रतिशतसम्म नाघेमा भने जरिवाना नलाग्ने, तर २० देखि ६० प्रतिशतभन्दा बढी गति भएको अवस्थामा जरिवानाको रकम शतप्रतिशतसम्म बढाउन सकिने प्रस्ताव छ । विधेयकमा दर्ता भएको प्रयोजनभन्दा फरक प्रयोजनमा सवारी प्रयोग गरेमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म, चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाएमा सवारीको वर्गअनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तै, रुट परमिट नभएको सवारी साधनलाई १० हजार रुपैयाँ, सवारी जाँचपास नगराएको अवस्थामा ५ हजारदेखि १५ हजार रुपैयाँ, प्रदूषण परीक्षण प्रमाणपत्र नभएमा ५ हजारदेखि १५ हजार रुपैयाँ तथा बीमा नगराएको सार्वजनिक सवारीलाई १० हजार र अन्य सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ । सार्वजनिक यातायातमा यात्रुसँग सम्बन्धित कसुरमा पनि कडा जरिवानाको व्यवस्था गरिएको छ । तोकिएकोभन्दा बढी भाडा असुलेमा अतिरिक्त रकम फिर्ता गराई २ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ । क्षमताभन्दा बढी यात्रु बोकेको पाइएमा लामो दूरीका सवारीलाई २० हजार, मध्यम दूरीका सवारीलाई १० हजार र छोटो दूरीका सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गरिने प्रस्ताव छ । त्यसैगरी, सिट खाली हुँदाहुँदै यात्रु लिन अस्वीकार गरेमा २ हजार रुपैयाँ, ट्याक्सी चालकले मिटरमा जान नमानेमा ३ हजार रुपैयाँ तथा चालक वा सहचालकले तोकिएको पोसाक र परिचयपत्र नलगाएमा ५०० रुपैयाँ जरिवाना गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ । सरकारले सुरक्षा र अनुशासनसम्बन्धी पनि निश्चित जरिवाना तोकिएको छ । यसमा हेल्मेट वा सिट बेल्ट नलगाएको हकमा ३ हजार रुपैयाँ, लेन अनुशासन उल्लंघन र मोबाइल फोन प्रयोग गरेमा १० हजार रुपैयाँ जरिवाना तोकिने भएको छ । उता, ‘नो हर्न’ क्षेत्रमा हर्न बजाएमा ५ सय रुपैयाँ, सडकमा फोहोर फालेमा १ हजार रुपैयाँ, ओभरटेक निषेध गरिएको ठाउँमा ओभरटेक गरेमा वा लाइट नबाली सवारी चलाएमा २ हजार रुपैयाँ, जथाभावी सडक काट्ने पैदल यात्रीलाई ५ सय रुपैयाँ र ढोका खुल्ला राखी सवारी चलाएमा ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गर्न लागिएको छ । जरिवाना तत्काल भुक्तानी नगरेमा यातायात निरीक्षकले चालक अनुमतिपत्र, सवारी दर्ता प्रमाणपत्र वा बाटो इजाजत पत्र नियन्त्रणमा लिन सक्ने व्यवस्था गरिएको छ । जरिवाना तिरेपछि मात्र कागजात फिर्ता हुनेछ । तर, सर्वोच्च अदालतले भने लाइसेन्स लगायतका कागजात नियन्त्रणमा नलिन आदेश गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १०:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP