शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘बिहानी’ सडक नाटकमार्फत बालविवाह र दुर्व्यसनविरुद्ध जनचेतना
‘बिहानी’ सडक नाटकमार्फत बालविवाह र दुर्व्यसनविरुद्ध जनचेतना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार १३, २०८३
732560343_1196271150233826_3796507996405062065_n
म्याग्दी । ‘चेतना जगाऔँ युवा बचाऔँ बालविवाह र दुर्व्यसन आजै हटाऔँ’ भन्ने मूल नारासहित बेनी नगरपालिकामा आयोजित सडक नाटक ‘बिहानी’ सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग तथा धौलागिरि नाट्य समूहको आयोजनामा बेनी बजार, अर्जम र पुलाचौरका सामुदायिक विद्यालयमा नाटक प्रदर्शन गरिएको हो । नाटकमार्फत बालविवाह र लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरलाई यथार्थपरक रूपमा प्रस्तुत गर्दै युवालाई जिम्मेवार, सचेत र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरिएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको थियो । नाटकमा बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने दीर्घकालीन असर तथा लागूऔषध दुर्व्यसनले परिवार र समाजमा निम्त्याउने समस्यालाई प्रभावकारी रूपमा चित्रण गरिएको थियो । प्रस्तुतीमार्फत समयमै सचेत भए स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माण गर्न सकिने सन्देश प्रवाह गरिएको थियो । धौलागिरि नाट्य समूहका सचिव अमित विश्वकर्माले कला समाज परिवर्तनको प्रभावकारी माध्यम भएको बताउँदै यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सडक नाटक मनोरञ्जनको माध्यम मात्र होइन, समाजलाई सोच्न र परिवर्तनतर्फ प्रेरित गर्ने सशक्त अभियान पनि हो । ‘बिहानी’ मार्फत विशेषगरी युवालाई बालविवाह र दुर्व्यसनबाट टाढा रहन तथा उज्ज्वल भविष्यतर्फ अघि बढ्न आग्रह गरेका छौँ । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले यस्ता कार्यक्रमको आवश्यकता अझ पुष्टि गरेको छ ।” बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामाजिक सुधारका अभियानमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्न भयो, “बालविवाह र दुर्व्यसनजस्ता सामाजिक विकृतिको अन्त्य कानुनले मात्र सम्भव हुँदैन । त्यसका लागि समुदायस्तरमै चेतना विस्तार हुन आवश्यक छ । ‘चेतना जगाऔँ, युवा बचाऔँ, बालविवाह र दुर्व्यसन आजै हटाऔँ’ अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यस्ता सिर्जनात्मक कार्यक्रमले नयाँ पुस्तालाई सही बाटो रोज्न प्रेरणा दिने विश्वास लिएका छौँ ।” कार्यक्रममा ‘Say No to Drugs’ लगायतका सन्देश समेटिएका दृश्य प्रस्तुति र संवादमार्फत लागूऔषधविरुद्ध स्पष्ट जनचेतना फैलाइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रम विद्यालय तथा समुदायस्तरमा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । बेनी नगरपालिकाले सामाजिक रूपान्तरणका अभियानलाई प्राथमिकतामा राख्दै कला र संस्कृतिमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमलाई आर्थिक सहयोग गरेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १२:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP