शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १६, २०८३
726890142_4320494071430346_816446862227857756_n
बेनी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो । म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका ३९ सय ७४ जना बालबालिकाले पूर्णखोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । खोप समन्वय समितिको बैठक, घरधुरी सर्वेक्षण तथा १६ मनिादेखि ५९ महिनासम्मका बालबालिकाहरुको विवरण संकलन, छुट भएका बालबालिकाहरुलाई खोप लगाउने कार्यसहित विभिन्न सूचक पूरा गरेपछि म्याग्दीका वडा, स्थानीय तह घोषणपछि जिल्लास्तरीय कार्यक्रम गरिएको जिल्ला खोप समन्वय समितिकी सभापति एवम् जिसस म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीको भनाई छ । पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गदैं प्रदेश स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । म्याग्दीमा स्वास्थ्य सम्बन्धि कार्यक्रमको प्रभावकारीता रहेको बताउँदै यहाँका समस्या समाधानसहितका कार्यमा समेत सक्रियतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णता आवश्यक रहेको खोप सुपरभाइजर गणेश सुबेदीले बताउनुभयो । म्याग्दीमा प्रदेश अस्पताल बेनी सहित सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइमा रहेका खोप केन्द्र र गाउँघर क्लिनिकमार्फत गरिएको कामको प्रशंसा समेत भएको थियो । सोही अवसरमा बरंजाकी महिला स्वास्थ्य स्वंयमसेविका पार्वत थापा, भगवतीकी राजकुमारी शाही, बेगखोलाकी खिमादेवी चोचांगी, रत्नचोैरकी गंगा कुमारी थापा, मौना केसी अथुेङ थाकनपोखरी र लक्ष्मी सुबेदी पुलाचौरलाई ६० बर्र्षे उमेरका कारण सेवाबाट सम्मानसहित विदाई गरिएको थियो । बालबालिकालाई पूर्णखोप लगाउनका लागि महिला स्वास्थ्य स्वयंसेविको महत्वपूर्ण भूमिका रहेको छ । जिसस कार्यवाहक प्रमुख खत्रीको अध्यक्षता, स्वागत प्रदेश अस्पताल बेनीका प्रमुख हेमन्त बाँस्तोला र सञ्चालन जिससका अधिकृत अमृत सुबेदीले गर्नुभएको थियो । कार्यक्रमाम जिल्लाका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरि भण्डारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख सहितको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  २३:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP