शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार २४, २०८३
Mina Thapa Magar
पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर सम्मानित हुने भएकी छन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार मीना थापा मगरलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिमा अधिवक्ता मनोज घर्ती मगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिकी अध्यक्ष नरमाया आले मगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर तथा सचिव बलबहादुर रोका मगर सदस्य रहेका थिए । नेपाल मगर पत्रकार संघले राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति द्वारा स्थापित उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गर्दै आएको छ । पोखरामा रहेर पत्रकारिता गर्दै आएकी थापाले कौराहासहित मगर समुदायको भाषा, संस्कार, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका विषयमा लामो समयदेखि कलम चलाउँदै आएकाले उनको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको छनोट समितिका संयोजक रुद्र श्रीष मगरले जानकारी दिनुभयो । पुरस्कारस्वरूप थापालाई नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिनेछ । सम्मान कार्यक्रम असार २६ गते शुक्रबार पोखराको अमरसिंहस्थित पोखरा सेकुवा घरमा आयोजना गरिने भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । यसअघि उक्त पुरस्कारबाट कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, रुद्र हितान मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, शारदा झेडी मगर र रुद्र श्रीष मगर सम्मानित भइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २४, २०८३  २०:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP