शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरधाममा सुरु भयो एकमहिने साउने सोमबार मेला
गलेश्वरधाममा सुरु भयो एकमहिने साउने सोमबार मेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन ४, २०८३
vaktjan
गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरधाममा एकमहिने साउने सोमबार मेला सुरु भएको छ । कालीगण्डकी नदीको किनारमा करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर शिवालयमा हरेक वर्ष साउन महिनाका सोमबार विशेष पूजाआजा, दर्शन तथा व्रत गर्ने परम्परा रहँदै आएको छ । हिन्दु धर्मग्रन्थ श्रीस्वस्थानी व्रतकथा अनुसार सतीदेवीको गला पतन भएको स्थल भएकाले यस क्षेत्रको नाम ‘गलेश्वर’ रहन गएको जनविश्वास छ । कालीगण्डकी नदीबाट उठेको करिब नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित गलेश्वरधाममा शिव, राधाकृष्णका मन्दिर, १०८ शिवलिङ्ग तथा कालीगण्डकीको पवित्र जलबाट स्नान गर्ने व्यवस्था रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव सम्मरबहादुर थापाले जानकारी दिनुभयो । साउन महिनाभर म्याग्दी, पर्वत, बागलुङलगायत देशका विभिन्न स्थानबाट हजारौं भक्तजन गलेश्वरधाम पुग्ने गरेका छन् । पछिल्लो समय सडक स्तरोन्नति, यातायातको सहज पहुँच तथा प्रचार–प्रसारका कारण यहाँ आउने दर्शनार्थीको संख्या वृद्धि हुँदै गएको छ । साउने धार्मिक मेलालाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन गलेश्वर शिवालय क्षेत्र विकास कोषले २४ वटा उपसमिति गठन गरी परिचालन गरेको कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार धान रोपाइँलगायत कृषि कार्यको चटारोका कारण गत वर्षको तुलनामा यस वर्षको पहिलो सोमबार भक्तजनको संख्या केही कम देखिएको छ । मेलाको व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, बेनी नगरपालिकाको नगर प्रहरी, म्याग्दी बहुमुखी क्याम्पसलगायत शैक्षिक संस्था, युवा क्लब तथा आमा समूहका स्वयंसेवक परिचालन गरिएको छ । कोषका कार्यालय सचिव तेजेन्द्रबहादुर खत्रीका अनुसार शिवलिङ्ग पूजा व्यवस्थापनका लागि बमबहादुर पुनको संयोजकत्वमा तथा मण्डपभित्र पूजा, टीका र प्रसाद व्यवस्थापनका लागि मनोज पौडेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । त्यस्तै, बसाहा तथा हनुमान पूजा व्यवस्थापनमा गंगाबहादुर बानियाँ, गणेश मन्दिर व्यवस्थापनमा कुमारी रोका, स्वयंसेवक परिचालन तथा भित्री प्रवेशद्वार व्यवस्थापनमा इन्द्र बरुवाललाई जिम्मेवारी दिइएको छ । यसैगरी, गलेश्वरधाम आमा समूहलाई भोजन तथा जलपान व्यवस्थापन, नरिवल स्थल व्यवस्थापनमा गोपाल पुरी, मन्दिर अगाडिको बत्ती व्यवस्थापनमा हिराबहादुर बरुवाल, सरसफाइ, सुरक्षा, ट्राफिक तथा बेलपत्र व्यवस्थापनमा तेजेन्द्रबहादुर खत्री तथा मूल गेट रसिद व्यवस्थापनमा लोकेन्द्रबहादुर खड्कालाई संयोजक तोकिएको छ । लक्ष्मीनारायण मन्दिर तथा जलकुण्ड व्यवस्थापनमा राधिका आचार्य, प्रचार–प्रसारमा सम्मरबहादुर थापा, भगवती मूर्ति व्यवस्थापनमा मनु पुन फगामी तथा शिवालय परिसर अनुगमनमा कोषका अध्यक्ष रेग्मीलाई संयोजकको जिम्मेवारी दिइएको छ । साउने सोमबारका दिन विवाहित महिलाले हरियो चुरा तथा हरियो–पहेँलो वस्त्र धारण गरी पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित व्रत बस्ने तथा अविवाहित महिलाले योग्य वर प्राप्तिको कामना गर्दै शिवालयमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ । गलेश्वरधाममा रहेका १०८ शिवलिङ्गमा कालीगण्डकी नदीको पवित्र जल अर्पण गरी पूजा गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १५:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP